खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै राष्ट्रउत्थान लघुवित्तको खुद नाफा ७० % बढ्यो

वैशाख १५, काठमाडौं । राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७० प्रतिशतले वृद्धि भएको छ । गत आवमा रू. ३ करोड २६ लाख नाफा कमाएको उक्त कम्पनी नाफा चालू आवमा बढेर रू. ५ करोड ५५ लाख पुगेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३५ प्रतिशत र सञ्चालन नाफा ७४ प्रतिशतले वृद्धि भएको छ । चुक्तापूँजी रू. २६ करोड रहेको  उक्त कम्पनीले जगेडामा रू.१७ करोड ३५ लाख सञ्चित गरेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू.२ अर्ब १३ करोड सापटि लिएर,रू.७७ करोड ९१ लाख निक्षेप संकलन गरेर रू. ३ अर्ब १९ करोड कर्जा लगानी गरेको छ। सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू.२८ दशलमव ४९(वार्षिक), मूल्य आम्दानी अनुपात ५८ दशमलव २७ गुणा, तरलता अनुपात १३ दशमलव ६० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६६ दशमलव ७४ रहेको छ।   

सम्बन्धित सामग्री

नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो

नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यो चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्याङ्क हो । गत वर्ष यस अवधिमा नबिलले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको

नबिल बैंकको खुद नाफा ९.८३ प्रतिशतले  वृद्धि

गत आर्थिक वर्षको चौथो त्रैमासमा नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ९.८३ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा नबिलको खुद ब्याज आम्दानी १६.७९ प्रतिशत र सञ्चालन नाफा १३.९८ प्रतिशत बढेको छ । जसका कारण पनि खुद नाफा बढेको देखिन्छ । यो त्रैमाससम्म आइपुग्दा बैंकले वितरणयोग्य नाफा ११९.९६ प्रतिशतले बढोत्तरी गरेर ९ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।  यता, बैंकको खुद नाफामा सुधार भएपनि चुक्ता प

खुद ब्याज आम्दानी बढेपनि आईसीएफसी फाइनान्सको खुद नाफा ३०% घट्यो

वैशाख ८, काठमाडौं । आईसीएफसी फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा ३० दशमलव ३२ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. १७ करोड ७९ लाख खुद नाफा कमाएकोमा चालू आवमा घटेर रू. १२ करोड ३९ लाखमा झरेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा ३२ प्रतिशत घटेकाले नाफा घट्न पुगेको हो । सो अवधिमा कम्पनीको खुद व्याज आम्दानी भने ३७ दशमलव ९८ प्रतिशत बढेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. २२ करोड ९३ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३१ करोड ६५ लाख पुगेको हो । त्यसैगरी कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १२ करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ५० करोड २५ लाख र रिटेण्ड अर्निङमा रू. ४ करोड ४१ लाख सञ्चित गरेको हो । चालू आवमा कम्पनीको खुद नाफा घटेसँगै प्रतिशेयर आम्दानी घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २३ दशमलव १६ रहेकोमा चालू आवमा रू.१४ दशमलव ६७ मा झरेको हो । त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. ४ करोड ४१ लाख रहेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ३५ दशमलव ९३ गुणा, तरलता अनुपात २४ दशलमव शून्य ९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१४८ दशमलव ५० रहेको छ ।

खुद ब्याज आम्दानी १५ % बढेको मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा समाान्य घट्यो

वैशाख ७, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १५ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा रू.१९ करोड ३३ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २२ करोड २६ लाख पुगेको छ । गत आवको तुलनामा चालू आवमा खुद नाफा भने सामान्य घटेको छ । गत आवमा कम्पनीले रू. १० करोड ७० लाख नाफा कमाएकोमा चालू आवमा रू. १० करोड ६० लाख कायम भएको हो । त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ९० करोड ३४ लाख रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २६ करोड ४२ लाख र रिटेण्ड अर्निङमा रू.८ करोड ८४ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीले रू. ५ अर्ब ७६ करोड निक्षेप संकलन गरेर रू. ४ अर्ब ८६ करोड कर्जा लगानी गरेको छ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू. ५ करोड १९ लाख रहेको छ । त्यसैगरी सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू.१५ दशमलव ६५, मूल्य आम्दानी अनुपात २९ दशमलव ४६ गुणा,तरलता अनुपात ३१ दशमलव ११ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३९ दशमलव शून्य ४ रहेको छ ।

विन लघुवित्तको खुद नाफा ७९.७० प्रतिशतले घट्यो

काठमाडौं, ३ फागुन । विन लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७९.७० प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ लाख ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन नाफा गत वर्षको भन्दा ७९.७० प्रतिशतले कम हो । यस्तै, खुद ब्याज आम्दानी भने ४.९१ प्रतिशतले बढ्दै २ करोड ३३ लाख रुपैयाँ पुगेको छ […]

खुद ब्याज आम्दानी घट्दा बैंक अफ काठमाण्डूको खुद नाफा ३३ % बढ्यो

वैशाख १४, काठमाडौं । बैंक अफ काठमाण्डूको खुद ब्याज आम्दानी घट्दा पनि खुद नाफा ३३ प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीले बुधवार  प्रकाशित गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रू. ८७ करोड ३४ लाख खुद नाफा गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १ अर्ब १६ करोड ९३ लाख पुगेको हो ।  कम्पनीको खुद ब्याज आम्दानी घटेपनि अन्य स्रोत मार्फत हुने आम्दानीले खुद नाफा बढ्नमा टेवा पुगेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी १८ प्रतिशतले घटेर रू. २ अर्ब ३५ करोड ५८ लाखमा सीमित भएको छ । त्यसैगरीसोही अवधिमा कम्पनीको सञ्चालन नाफमा ३५ प्रतिशतले वृद्धि भएको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू. ८५ करोड ६९ लाख रहेको छ । त्यसैगरी सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव १४, मूल्य आम्दानी अनुपात १९ दशमलव ७० गुणा,तरलता अनुपात २५ दशमलव १६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६५ दशमलव ४५ रहेको छ ।  कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ६५ करोड ८१ लाख रहेको छ भने जगेडामा रू. ५ अर्ब ४१ करोड ८५ लाख र रिटेन्ड अर्निङमा रू. ९० करोड २७ लाख सञ्चित रहेको छ ।