खुद ब्याज आम्दानी घटे पनि किसान लघुवित्तको नाफा बढ्यो, यस्तो छ कारण

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा उल्लेख्य वृद्धि भएको छ ।  अघिल्लो आवमा कम्पनीले रू. ११ लाख २६ हजार नाफा कमाएकोमा गत आवमा बढेर रू. १ अर्ब ३६ करोड पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी घटे पनि इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफामा वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. १२ करोड २० लाख रहेकोमा गत आवमा रू. २ करोड ४७ लाखमा झरेको छ । इम्पेयरमेन्ट चार्ज घटेसँगै कम्पनीको सञ्चालन नाफा १४२ प्रतिशत वृद्धि भएको हो । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी भने अघिल्लो आवको तुलनामा गत आवमा २९ प्रतिशत घटेको छ । कम्पनीले अघिल्लो आवमा रू. ३६ करोड २२ लाख खुद ब्याज आम्दानी गरेकोमा गत आवमा घटेर रू. २५ करोड ७० लाखमा झरेको हो । कम्पनीको चुक्ता पूँजी रू. ५० करोड ४३ लाख छ । कम्पनीले जगेडामा रू. ११ करोड ३१ लाख र रिटेन्ड अर्निङमा रू. २ करोड १ लाख सञ्चिति गरेको हो । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) रू. २ दशलमव ७०, तरलता अनुपात २ दशमलव ७३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२६ दशमलव ४२ छ । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. २ करोड ३१ लाख छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला