काठमाडौं (अस) । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ९७ हजार कित्ता आईपीओ निष्कासन गर्न बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतापत्रमा कम्पनीका निर्देशक सविन प्रधानांग र मेगा क्यापिटलका चिफ इन्भेष्टमेन्ट अफिसर सुलभ श्रेष्ठले हस्ताक्षर गरे । आवश्यक प्रक्रिया पूरा गरेर कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्नेछ ।