काठमाण्डाै – ग्लोबल हाइड्रोपावर एसोसिएट्स लिमिटेड, मेगा क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच शेयर प्रत्याभूति सेवा उपलब्ध गराउनेबारे सम्झौता भएको छ ।
ग्लोबल हाइड्रोपावरले निष्कासन गर्न लागेको ५८ कराेड ६० लाख रुपैयाँ शेयर पुँजी बराबरको एक सय रुपैयाँ दरकाे ५८ लाख ६० हजार कित्ता साधारण शेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नका लागि ग्लोबल हाइड्रोपावर, मेगा क्यापिटल र नेपाल एसबीआईबीच मङ्गलवार सम्झौता भएको हाे । एक कार्यक्रमका बीच ग्लो...