भदौ २, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयर बाँडफाँट गरिएको छ ।
कम्पनीले १ लाख कित्ता संस्थापक शेयर विक्रीका लागि साउन १३ गतेदेखि १७ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । उक्त अवधिमा प्राप्त बोलपत्र साउन २७ गते बाँडफाँट गरेको हो ।
कम्पनीले प्रतिकित्ता रू. ३४५ मूल्य तोकेर यो शेयर लिलामीमा ल्याएको हो । रितपूर्वक आवेदन दिने आवेदकलाई प्रशोधन गर्दा प्रतिकित्ता रू. ३४५ का दरले आवेदन दिने आवेदकलाई माग बमोजिम १ हजार ५०० कित्ता कित्ता शेयर बाँडफाँट गरेको हो ।
साथै, बढी रकम भुक्तानी गर्ने आवेदकहरुको शेयर वापतको रकम आवेदकले दरखास्त फारममा उल्लेख गरेको बैंक खातामै रकमान्तर गरिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा विओके क्यापिटल लिमिटेड रहेको छ ।