वैशाख १७, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म निष्कासन गरी विक्री नभएको अवितरित हकप्रद शेयर बोलकबोलमार्फत विक्री गरी बाँडफाँट गरेको छ । विक्री प्रबन्धक बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडमा वैशाख १६ गते शुक्रवार सर्वसाधारण समूहतर्फ ७३ हजार १०० कित्ता र संस्थापक समूहतर्फ ९४ हजार ७०० कित्ता शेयर बाँडफाँट भएको हो ।
संस्थापक समूहको कटअफ मूल्य १०१ रुपैयाँ र सर्वसाधारण समूहको कटअफ मूल्य २०५ रुपैयाँ राखी शेयर बाँडफाँड गरिएको हो । त्यस्तै बोलकबोल शेयरको बाँडफाँटमा नपरेका तथा आंशिक रूपमा बाँडफाँटमा परी बाँकी आवेदकहरूको शेयर वापतको रकम वैशाख २१ गते बुधवारदेखि आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खाता नम्बरमा रकम फिर्ता गरिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले गत फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म २ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेकोमा उक्त अवधिमा ९ लाख ४० हजार ४६६ कित्ता शेयर विक्री भएको थिएन् । तोकिएको समयावधिभित्र संस्थापक समूहतर्फको ८ लाख ६७ हजार ३६३ कित्ता र सर्वसाधारणतर्फको ७३ हजार १०० कित्ता शेयरमा आवेदन नपरेपछि कम्पनीले बोलकबोलमार्फत उक्त हकप्रद शेयर विक्री गरेको थियो ।
विक्री प्रबन्धकबाट जारी सूचना हेर्न यहाँ क्लिक गर्नुहोला