आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता

चैत ३०, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर चैत २८ गते बाँडफाँट भएको छ ।  कम्पनीले माघ २८ गतेसम्मका कायम शेयरधनीहरुका लागि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म १० बराबर ४ को अनुपातमा प्रतिशेयर रू. १०० अंकित मूल्यका ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।  सो मध्ये रितपूर्वक आवेदन दिने १३ हजार ६८९ जना शेयरधनीलाई ४५ लाख ३९ हजार १४९ कित्ता शेयर बाँडफाँट गरेको हो ।  साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम वैशाख २ गतेदेखि आईपीएस मार्फत् आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने भएको छ । कम्पनी हकप्रदको विक्री प्रवन्धकमा ग्लोबल आइएमई  क्यापिटल लिमिटेड रहेको छ ।  

सम्बन्धित सामग्री

आइएमई जनरल इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँट

जेठ ४, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले यस अघि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापकतर्फको २ हजार २६१ कित्ता र सर्वसाधारणतर्फको ८८ हजार ९३४ कित्ता शेयर वैशाख १२ गतेदेखि २१ गतेसम्म लिलामी प्रकृयाबाट विक्री गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख २८ गतेका दिन विक्री प्रबन्धकको कार्यालय नक्साल, काठमाडौंमा खोली फेसबुकमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । जेठ ३ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिको बैठकले उक्त शेयर बाँडफाँट गरेको हो । कम्पनीको संस्थापकतर्फको शेयरको कटअफ मूल्य रू. १५१ र सर्वसाधारणतर्फको कटअफ मूल्य रू. ४६५ राखी शेयर बाँडफाँट गरिएको जानकारी विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको छ । बोलपत्रवालाहरुको बाँडफाँटमा नपरेको वा आंशिक परी बाँकी शेयर वापतको रकम फिर्ता भुक्तानी जेठ ५ गतेदेखि गरिने भएको छ ।