साउन १७, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले लिलामी प्रकृयाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ ।
कम्पनीले असार २९ गतेदेखि साउन ५ गतेसम्म लिलामीमा विक्री गरेको ११ लाख ३५ हजार ५५८ कित्ता शेयर साउन १५ गते बाँडफाँट गरेको हो । कम्पनीले यस अघि असार ३ गतेदेखि १० गतेसम्म लिलामीमा विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री गरेको हो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई प्रशोधन गर्दा रू. १०२ देखि रू. १०५ दशमलव शून्य ५ सम्म लगानी गर्ने २० जना आवेदकहरुलाई माग बमोजिम नै र रू. १०१ का दरले बोलकबोल गर्ने ११ जना आवेदकहरुलाई समानुपातिक रुपमा आंशिक बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।
उक्त बाँडफाँटमा नपरेको रकम आइतवारदेखि सम्बन्धीत आवेदकको बैंक खातामै रकमान्तर गरिने समेत कम्पनीले जानकारी दिएको छ । यो शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।