अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता

जेठ २०, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको हकप्रद शेयर जेठ १८ गते बाँडफाँट भएको छ ।  कम्पनीले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म प्रतिशेयर रू. १०० अंकित मूल्यमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो । सो मध्ये रितपूर्वक आवेदन दिने २२ हजार ७०६ जना शेयरधनीलाई ४८ लाख ४ हजार ३१३ कित्ता शेयर बाँडफाँट गरेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० को आधारमा १ बराबर शून्य दशमलव ५ को अनुपातमा उक्त हकप्रद शेयर विक्री गरेको हो । साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम जेठ २१ गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने भएकाले आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गर्न समेत अनुरोध गरेको छ । कम्पनी हकप्रदको विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  

सम्बन्धित सामग्री

अरुण भ्याली हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता

असार २७, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभपमेण्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर असार २४ गते बाँडफाँट भएको छ ।  कम्पनीले सर्वसाधारण समूहको ४ लाख ३५ हजार ८९४ कित्ता सर्वसाधारण शेयर असार ९ गतेदेखि असार १६ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।   कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम सोमवारदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा आईपीएस मार्फत पठाउने पनि जानकारी दिएको छ । कम्पनीले शेयरधनीलाई आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गरी जम्मा नभएको खण्डमा कम्पनीको विक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादीमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।  साथै, कम्पनीको अन्तिम मूल्य रू. ३८७ दशमलव ७१ रहेको र बाँडफाँटको विवरण विक्री प्रवन्धकको वेबसाइटमा हेर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ ।