चैत १७, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर चैत १६ गते (बुधवार) बाँडफाँट भएको छ ।
कम्पनीले पुस ८ गतेसम्मका कायम शेयरधनीहरुका लागि फागुन ८ गतेदेखि २९ गतेसम्म प्रतिशेयर रू. १०० अंकित मूल्यमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।
सो मध्ये रितपूर्वक आवेदन दिने आवेदकलाई हक बमोजिम १७ लाख ८९ हजार २३९ कित्ता शेयर बाँडफाँट गरेको कम्पनीले बताएको छ ।
साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम चैत २० गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा आईपीएस मार्फत पठाउने भएको छ । कम्पनी हकप्रदको विक्री प्रवन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।