छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता

फागुन २२, काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर फागुन १९ गते बाँडफाँट भएको छ ।  कम्पनीले पुस २० गतेसम्मका कायम शेयरधनीहरुका लागि माघ ११ गतेदेखि प्रतिशेयर रू. १०० रुपैयाँ अंकित दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्कासन गरेको थियो ।  कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा उक्त हकप्रद शेयर विक्री गरेको हो । कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिने २८ हजार ३११ जना शेयरधनीलाई ८ लाख ३३ हजार १९१ कित्ता शेयर बाँडफाँट गरेको हो । साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम फागुन २३ गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने भएको छ ।  कम्पनी हकप्रदको विक्री प्रवन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । 

सम्बन्धित सामग्री

आइएमई जनरल इन्स्योरेन्सको अवितरित हकप्रद शेयर बाँडफाँट

जेठ ४, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले यस अघि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापकतर्फको २ हजार २६१ कित्ता र सर्वसाधारणतर्फको ८८ हजार ९३४ कित्ता शेयर वैशाख १२ गतेदेखि २१ गतेसम्म लिलामी प्रकृयाबाट विक्री गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र वैशाख २८ गतेका दिन विक्री प्रबन्धकको कार्यालय नक्साल, काठमाडौंमा खोली फेसबुकमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो । जेठ ३ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिको बैठकले उक्त शेयर बाँडफाँट गरेको हो । कम्पनीको संस्थापकतर्फको शेयरको कटअफ मूल्य रू. १५१ र सर्वसाधारणतर्फको कटअफ मूल्य रू. ४६५ राखी शेयर बाँडफाँट गरिएको जानकारी विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको छ । बोलपत्रवालाहरुको बाँडफाँटमा नपरेको वा आंशिक परी बाँकी शेयर वापतको रकम फिर्ता भुक्तानी जेठ ५ गतेदेखि गरिने भएको छ ।

समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँट, रकम फिर्ता २१ गतेदेखि

वैशाख १७, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म निष्कासन गरी विक्री नभएको अवितरित हकप्रद शेयर बोलकबोलमार्फत विक्री गरी बाँडफाँट गरेको छ । विक्री प्रबन्धक बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडमा वैशाख १६ गते शुक्रवार सर्वसाधारण समूहतर्फ ७३ हजार १०० कित्ता र संस्थापक समूहतर्फ ९४ हजार ७०० कित्ता शेयर बाँडफाँट भएको हो ।  संस्थापक समूहको कटअफ मूल्य १०१ रुपैयाँ र सर्वसाधारण समूहको कटअफ मूल्य २०५ रुपैयाँ राखी शेयर बाँडफाँड गरिएको हो । त्यस्तै बोलकबोल शेयरको बाँडफाँटमा नपरेका तथा आंशिक रूपमा बाँडफाँटमा परी बाँकी आवेदकहरूको शेयर वापतको रकम वैशाख २१ गते बुधवारदेखि आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खाता नम्बरमा रकम फिर्ता गरिने कम्पनीले जानकारी दिएको छ ।  कम्पनीले गत फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म २ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेकोमा उक्त अवधिमा ९ लाख ४० हजार ४६६ कित्ता शेयर विक्री भएको थिएन् । तोकिएको समयावधिभित्र संस्थापक समूहतर्फको ८ लाख ६७ हजार ३६३ कित्ता र सर्वसाधारणतर्फको ७३ हजार १०० कित्ता शेयरमा आवेदन नपरेपछि कम्पनीले बोलकबोलमार्फत उक्त हकप्रद शेयर विक्री गरेको थियो ।   विक्री प्रबन्धकबाट जारी सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी शेयर बाँडफाँट तथा रकम फिर्ता

वैशाख ११, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी शेयर बाँडफाँट गरिएको छ ।  कम्पनीले सर्वसाधारण समूहको १ लाख २० हजार १२० कित्ता शेयर विक्रीका लागि चैत १६ गतेदेखि २४ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । उक्त अवधिमा प्राप्त बोलपत्रदाताहरुलाई वैशाख ७ गते बाँडफाँट गरिएको हो ।  कम्पनीले शेयरको कटअफ मूल्य रू. २०२ दशमलव ६ तोकेर यो शेयर लिलामीमा ल्याएको हो ।  कम्पनीले गत माघ ७ गतेदेखि फागुन १६ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको उक्त शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको हो ।   साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम वैशाख ११ गतेदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फारममा उल्लेख बैंक खातामा पठाउने भएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता

चैत ३०, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर चैत २८ गते बाँडफाँट भएको छ ।  कम्पनीले माघ २८ गतेसम्मका कायम शेयरधनीहरुका लागि फागुन २२ गतेदेखि चैत १३ गतेसम्म १० बराबर ४ को अनुपातमा प्रतिशेयर रू. १०० अंकित मूल्यका ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।  सो मध्ये रितपूर्वक आवेदन दिने १३ हजार ६८९ जना शेयरधनीलाई ४५ लाख ३९ हजार १४९ कित्ता शेयर बाँडफाँट गरेको हो ।  साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम वैशाख २ गतेदेखि आईपीएस मार्फत् आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने भएको छ । कम्पनी हकप्रदको विक्री प्रवन्धकमा ग्लोबल आइएमई  क्यापिटल लिमिटेड रहेको छ ।

छ्याङ्दी हाइड्रोपावरको लिलामी शेयर बाँडफाँट तथा रकम फिर्ता

चैत २३, काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको लिलामी शेयर मंगलवार (चैत २२ गते) बाँडफाँट भएको छ ।  कम्पनीले चैत १ गतेदेखि चैत ९ गतेसम्म विक्री गरेको सर्वसाधारण समूहको ५९ लाख ८२७ कित्ता संस्थापक शेयर बाँडफाँट गरेको हो ।   कम्पनीले गत माघ ११ देखि फागुन २ गतेसम्म १०ः३ को अनुपातमा हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको ५९ हजार ८२७ कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री गरेको थियो । साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम चैत २४ गते (बिहीवार) गतेदेखि आवेदकले बोलपत्र फारममा उल्लेख बैंक तथा वित्तीय संस्थाको खातामा पठाउने भएको छ । उक्त शेयरको शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता

चैत १७, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर चैत १६ गते (बुधवार) बाँडफाँट भएको छ ।  कम्पनीले पुस ८ गतेसम्मका कायम शेयरधनीहरुका लागि फागुन ८ गतेदेखि २९ गतेसम्म प्रतिशेयर रू. १०० अंकित मूल्यमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।  सो मध्ये रितपूर्वक आवेदन दिने आवेदकलाई हक बमोजिम १७ लाख ८९ हजार २३९ कित्ता शेयर बाँडफाँट गरेको कम्पनीले बताएको छ ।  साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम चैत २० गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा आईपीएस मार्फत पठाउने भएको छ । कम्पनी हकप्रदको विक्री प्रवन्धकमा बिओके  क्यापिटल लिमिटेड रहेको छ ।

एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता

पुस १८, काठमाडौं ।  एक्सेल डेभलपमेन्ट बैंकले अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले मंसिर २९ गतेदेखि पुस ८ गतसम्म प्राप्त भएका शिलबन्दी बोलपत्रहरु बाँडफाँट गरेको बताएको छ । लिलाम बढाबढ हुँदा बाँडफाँटमा नपरेको शेयर बापतको रकम फिर्ता भुक्तानी पुस १९ गते सोमवारदेखि हुने पनि कम्पनीले बताएको छ । साथै कम्पनीले सोमवारदेखि बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएस मार्फत रकमान्तर गर्ने पनि बताएको छ । साथै कम्पनीले बाँडफाँटको अन्तिम मूल्य सर्वसाधारण समूहको तर्फको रू. ४५६ दशमलव ७८ रहेको जानकारी दिएको छ ।विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता भुक्तानी

साउन १७, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले लिलामी प्रकृयाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ ।  कम्पनीले असार २९ गतेदेखि साउन ५ गतेसम्म लिलामीमा विक्री गरेको ११ लाख ३५ हजार ५५८ कित्ता शेयर साउन १५ गते बाँडफाँट गरेको हो । कम्पनीले यस अघि असार ३ गतेदेखि १० गतेसम्म लिलामीमा विक्री खुला गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री गरेको हो ।  तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई प्रशोधन गर्दा रू. १०२ देखि रू. १०५ दशमलव शून्य ५ सम्म लगानी गर्ने २० जना आवेदकहरुलाई माग बमोजिम नै र रू. १०१ का दरले बोलकबोल गर्ने ११ जना आवेदकहरुलाई समानुपातिक रुपमा आंशिक बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।  उक्त बाँडफाँटमा नपरेको रकम आइतवारदेखि सम्बन्धीत आवेदकको बैंक खातामै रकमान्तर गरिने समेत कम्पनीले जानकारी दिएको छ । यो शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

अरुण भ्याली हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता

असार २७, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभपमेण्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर असार २४ गते बाँडफाँट भएको छ ।  कम्पनीले सर्वसाधारण समूहको ४ लाख ३५ हजार ८९४ कित्ता सर्वसाधारण शेयर असार ९ गतेदेखि असार १६ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।   कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम सोमवारदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा आईपीएस मार्फत पठाउने पनि जानकारी दिएको छ । कम्पनीले शेयरधनीलाई आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गरी जम्मा नभएको खण्डमा कम्पनीको विक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादीमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।  साथै, कम्पनीको अन्तिम मूल्य रू. ३८७ दशमलव ७१ रहेको र बाँडफाँटको विवरण विक्री प्रवन्धकको वेबसाइटमा हेर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ ।

अरुण भ्याली हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता

जेठ २०, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको हकप्रद शेयर जेठ १८ गते बाँडफाँट भएको छ ।  कम्पनीले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म प्रतिशेयर रू. १०० अंकित मूल्यमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो । सो मध्ये रितपूर्वक आवेदन दिने २२ हजार ७०६ जना शेयरधनीलाई ४८ लाख ४ हजार ३१३ कित्ता शेयर बाँडफाँट गरेको हो ।  कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० को आधारमा १ बराबर शून्य दशमलव ५ को अनुपातमा उक्त हकप्रद शेयर विक्री गरेको हो । साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम जेठ २१ गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने भएकाले आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गर्न समेत अनुरोध गरेको छ । कम्पनी हकप्रदको विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।