कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी शेयर बाँडफाँट तथा रकम फिर्ता

वैशाख ११, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी शेयर बाँडफाँट गरिएको छ ।  कम्पनीले सर्वसाधारण समूहको १ लाख २० हजार १२० कित्ता शेयर विक्रीका लागि चैत १६ गतेदेखि २४ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । उक्त अवधिमा प्राप्त बोलपत्रदाताहरुलाई वैशाख ७ गते बाँडफाँट गरिएको हो ।  कम्पनीले शेयरको कटअफ मूल्य रू. २०२ दशमलव ६ तोकेर यो शेयर लिलामीमा ल्याएको हो ।  कम्पनीले गत माघ ७ गतेदेखि फागुन १६ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको उक्त शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको हो ।   साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम वैशाख ११ गतेदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फारममा उल्लेख बैंक खातामा पठाउने भएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।