एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद शेयर बाँडफाँट तथा रकम फिर्ता

पुस १८, काठमाडौं ।  एक्सेल डेभलपमेन्ट बैंकले अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले मंसिर २९ गतेदेखि पुस ८ गतसम्म प्राप्त भएका शिलबन्दी बोलपत्रहरु बाँडफाँट गरेको बताएको छ । लिलाम बढाबढ हुँदा बाँडफाँटमा नपरेको शेयर बापतको रकम फिर्ता भुक्तानी पुस १९ गते सोमवारदेखि हुने पनि कम्पनीले बताएको छ । साथै कम्पनीले सोमवारदेखि बैंक तथा वित्तीय संस्थाको खातामा आईपीएस मार्फत रकमान्तर गर्ने पनि बताएको छ । साथै कम्पनीले बाँडफाँटको अन्तिम मूल्य सर्वसाधारण समूहको तर्फको रू. ४५६ दशमलव ७८ रहेको जानकारी दिएको छ ।विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।