चैत २३, काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको लिलामी शेयर मंगलवार (चैत २२ गते) बाँडफाँट भएको छ ।
कम्पनीले चैत १ गतेदेखि चैत ९ गतेसम्म विक्री गरेको सर्वसाधारण समूहको ५९ लाख ८२७ कित्ता संस्थापक शेयर बाँडफाँट गरेको हो ।
कम्पनीले गत माघ ११ देखि फागुन २ गतेसम्म १०ः३ को अनुपातमा हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको ५९ हजार ८२७ कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री गरेको थियो ।
साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम चैत २४ गते (बिहीवार) गतेदेखि आवेदकले बोलपत्र फारममा उल्लेख बैंक तथा वित्तीय संस्थाको खातामा पठाउने भएको छ ।
उक्त शेयरको शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।