नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले प्रदेश सरकारले आफ्नै संचार गृह संचालन गर्ने निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।शनिवार नेपाल पत्रकार महासंघको बागमती प्रदेश समितिको आयोजनामा बागमती प्रदेश सरकारको बजेट र त्यसमा समेटिएका संचार क्षेत्र सम्बन्धी विषयहरुमा भर्चुअल अन्तरक्रिया गर्दै प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८÷०७९ को बजेटमा प्रदेशमा रहेका संचार गृह र संचारकर्मीहरुलाई उपेक्षा गर्दै सरकारको स्वायत्त संस्थाको रुपमा आम संचार गृह स्थापना गर्ने गरी बजेट विनिय