बागमती प्रदेश सरकारले ल्याएको बजेटमा उल्लेखित विषयमा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । उपत्यका प्रदेश समितिका महासचिव टेनिस रोकाले जारी गरेको विज्ञप्तिमा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई दबाउने मनसायले आफैले सञ्चारमाध्यम खोल्नेगरी प्रदेश सरकारले बजेट विनियोजन गरेको भन्दै विरोध जनाइएको छ । जनताको सेवामा समर्पित हुनुपर्नेमा आफैं सञ्चारगृह खोल्नेतिर लागेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा प्रदेश सरकार अघि