बागमती प्रदेश खेलकुद प्रतियोगिता जेठ ७ गतेदेखि

काठमाडौँ – बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुने भएको छ।  प्रदेश खेलकुद विकास परिषद्ले आज हेटौँडामा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो प्रतियोगिताबारे जानकारी गराएको हो। प्रतियोगीताका लागि रु नौ करोड ४२ लाख खर्च हुने बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए। प्रतियोगितामा १३ खेलका विभिन्न विधामा […]

सम्बन्धित सामग्री

बागमती प्रदेश खेलकुद : चितवन च्याम्पियन

१३ चैत, काठमाडौं । चितवन जिल्लाले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ मा सहभागी ८ खेलमा सर्वाधिक पदक हात पार्दै चितवन जिल्ला च्याम्पियन बनेको हो । बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको प्रतियोगिताको दोस्रो स्थान काठमाडौं र तेस्रो स्थान ललितपुरले हात पारे । […]

वाग्मती प्रदेश खेलकुद: मकवानपुरलाई पुरुष फुटबलको उपाधि

हेटौंडा: प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको उपाधि मकवानपुरले जितेको छ। आज हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको फाईनल खेलमा ट्राईब्रेकरमा मकवानपुरले ललितपुरलाई ३–० गोलअन्तरले पराजित गरेको हो। निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा गएको थियो। मकवानपुरका अनिश देउला ‘म्यान अफ द म्याच’ चुनिए। मकवानपुरकै…

फुटबलमा मकवानपुर र रामेछाप विजयी

३० फागुन, हेटौंडा । प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार भएको फुटबल प्रतियोगितामा रामेछाप र मकवानपुरले विजयी भएका छन् । रामेछापले सिन्धुपाल्चोकलाई र मकवानपुरले नुवाकोटलाई हराएका हुन् । रामेछापले सिन्धुपाल्चोकलाई ट्राइब्रेकरमा ४–२ ले हराएको हो । ट्राइब्रेकरमा रामेछापका श्रीकृष्ण माझी, अनिल माझी, निकेश कार्की र सुमन नेपालले गोल गरे । सिन्धुपाल्चोकका सुजन माझी र […]

बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु

२८ फागुन, हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा प्रथम खेलकुद प्रतियोगिता हेटौंडामा सुरु भएको छ । बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धर हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे उनले सात प्रदेशमध्ये खेलकुद कार्यक्रम सञ्चालन गर्ने पहिलो भएकोमा बागमती सरकारले गौरबको अनुभूति गरेको बताए । उनले आफू नेतृत्वको सरकार […]

बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु

काठमाडौं-  प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ आजबाट औपचारिक रुपमा सुरु भएको छ ।   बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले खेलकुद प्रतियोगिताको उद्घाटन आज गरेका हुन् । उद्घाटन कार्यक्रममा सांसद जीवन राम श्रेष्ठ, बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, राखेप निमित्त सदस्य सचिव कुलबहादुर थापा, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी […]

बागमती प्रदेश खेलकुद प्रतियोगिता फागुन २८ देखि

२३ फागुन, काठमाडौं । बागमती प्रदेशले प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक छ । हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा मुख्यमन्त्री राजेन्द्र पाण्डेले फागुन २८ गते प्रतियोगिताको उद्घान गर्ने छन । मुल आयोजक कमिटीले सार्वजनिक गरिएको खेल तालिका अनुसार मकवानपुरको हेटौंडाले तीन खेलको आयोजना गर्ने अवसर पाएको छ । पिप्ले क्याम्पा रंगशालामा फाल्गुन २९ देखि पुरुष फुटबल हुँदैछ । थानाभर्याङ […]

प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता हुने

बागमती – खेलकुदको प्रवर्द्धन तथा खेलाडीमा खेल प्रतिभाको खोजी गर्ने उद्देश्यले बागमती प्रदेश खेलकुद विकास परिषदद्वारा प्रथम प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही फागुन २८ देखि चैत १२ गतेसम्म सञ्चालन हुनेछ । हेटौँडा उपमहानगरपालिका–५ स्थित क्याम्पाचौरमा हुने खेलकुद प्रतियोगिताको मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने छन् । प्रतियोगिताका खेल मकवानपुरसहित पाँच जिल्लामा हुने […]

बागमती प्रदेशमा प्रदेशस्तरीय खेलकुद हुने

खेलकुदको प्रवद्र्धन तथा खेलाडीमा खेल प्रतिभाको खोजी गर्ने उद्देश्यले वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता यही फागुन २८ देखि चैत १२ गतेसम्म सञ्चालन हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाको वडा नं ५ स्थित क्याम्पाचौरमा खेलकुद प्रतियोगिताको मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ । परिषद्ले आज दिइएको जानकारीअनुसार प्रतियोगिताका खेल मकवानपुरसहित पाँच जिल्लामा हुने बताइएको छ । मकवानपुरमा पुरुष फुटबल, ब्याडमिन्टन र तेक्वान्दो प्रतियोगिता हुने

बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा हेटौँडामा दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता-२०८० सुरु भएको छ ।

बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि

मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री सालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने छ ।