नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले प्रमुख जिल्ला अधिकारीमार्फत बागमती प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा आमसञ्चारमाध्यम स्थापना गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको विरोधमा महासंघले ज्ञापन पत्र बुझाएको हो ।
आइतवार अध्यक्ष जगतकृष्ण प्रजापतिको नेतृत्वमा महासंघका प्रतिनिधिहरु जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई मार्फत ज्ञापन पत्र बुझाएका हुन् । उक्त अवसरमा महासंघको तर्फबाट शाखाका संस्थापक अध्यक्ष रमेश खड्का, पूर्वअध्यक्ष विकल प्रसाद श्रेष्...