झापा : भद्रपुर ८ स्थित मेची अञ्चल अस्पताल मातहत छुट्टै कोभिड आइसोलेसन भवन बन्ने भएको छ।स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रबाट प्राप्त रकमबाट ५० बेड क्षमताको कोभिड आइसोलेसन भवन बन्न लागेको हो। सो भवनको बिहीबार बिहान एक संक्षिप्त कार्यक्रमबीच मेची अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले शिलान्यास गरेका छन्।दोस्रो चरणको कोरोना भाइरसको महामारीले जिल्लामा सङ्क्रमितको सङ्ख्या ह्वातै बढेको र स्वास्थ्यमा समस्या देखिएका संक्रमित बिरामील