नेपाली कांग्रेस नेता, महासमिति सदस्य कमल बहादुर शाहले अस्थायी कोभिड अस्पताल ( आइसोलेसन) सञ्चालनका लागि आफ्नो निवास दिने घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै लम्की स्थित टीकापुरमा रहेको आफ्नो निवास रामारोशन खाद्य भवन स्थायी कोभिड अस्पताल (आइसोलेसन) सञ्चालनका लागि सम्बन्धित पक्षले चाहेको खण्डमा दिने घोषणा गरेका हुन् ।