क्वारेन्टाइनका लागि मदन भण्डारी आँखा अस्पताल भवन तयार

उदयपुर सदरमुकाम गाईघाटस्थित बाँसबारीमा नवनिर्मित ‘मदन भण्डारी आँखा अस्पताल’ भवन कोरोनाबाट बँच्न र बचाउन प्रयोग गर्न दिइने भएको छ। नेपाल नेत्रज्योति संघ शाखा उदयपुरद्वारा निर्मित ४२ कोठो भर्खर निर्माण सकिएको भवन हाल विश्वभर फैलिदै गरेको कोरोना भाइरस (कोभिड–१९) का संभावित संक्रमितको उपचारार्थ आवश्यक आइसोलेसन वार्ड निर्माण गर्नुपरे उपलब्ध गराइने निर्णय भएको छ।

सम्बन्धित सामग्री

उदयपुरको आँखा अस्पताल भवन हस्तान्तरण

उदयपुर : जापान सरकारको सहयोगमा निर्माण भएको मदन भण्डारी आँखा अस्पताल उदयपुरको भवन शुक्रबार नेपालका लागि जापानी राजदूत मासामिची साइगोले हस्तान्तरण गरेका छन्। नेपाल नेत्र ज्योति संघ उदयपुरको मातहतमा रहेको उक्त भवन राजदूतावास, नेपाल सरकार र अन्य निकायको गरी एक करोड ९७ लाख ३४ हजार रुपैयाँमा निर्माण भएको हो। तीन तला रहे...