वीरगंज : सम्भावित कोरोना भाइरस (कोभिड-१९) संक्रमितको सहज उपचार गर्न बाराको सिमरामा प्रदेश २ कै नमुना आइसोलेसन र क्वारेन्टाइन वार्ड निर्माण भएको छ। जितपुरसिमरा उपमहानगरका मेयर डा कृष्ण पौडेलको पहलमा तराई यातायातको भवन नजिक रहेको पुरानो गार्मेन्ट उद्योग परिसरमा ४० बेडको आइसोलेसन र ६० बेडको क्वारेन्टाइन वार्ड स्थापना गरिएको