काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सृमद्धि फण्ड २ र एनआईबिएल प्रगति फण्डले साउन मसान्तको खुद सम्पत्ति मूल्य सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डको सूचीकृत शेयरमा लगानी असारको तुलनामा साउनमा घटेको छ ।
एनआईबिएल समृद्धि फण्ड २ ले असार मसान्तमा सूचीकृत धितोपत्रमा रू. ७४ करोड ५८ लाख लगानी गरेकोमा साउन मसान्तमा भने रू. ७१ करोड १७ लाख मात्रै गरेको हो । त्यस्तै एनआईबिएल प्रगति फण्डले असार मसान्तसम्ममा रू. ४९ करोड ४० लाख लगानी गरेकोमा साउन मसान्तमा भने रू. ४३ करोड ७६ लाख मात्रै लगानी गरेको छ ।
यो फण्डको न्याभ पनि असारको तुलनामा साउनमा केही घटेको छ । असार मसान्तसम्ममा फण्डको न्याभ १० रुपैयाँ ६८ पैसा रहेकोमा साउन मसान्तमा घटेर १० रुपैयाँ ४८ पैसामा झरेको हो । यो फण्ड साउन मसान्तमा रू. १ करोड ४४ लाखभन्दा बढी नोक्सानीमा छ । असार मसान्तमा भने फण्ड रू. ५ करोडभन्दा बढी नाफामा थियो । साउन मसान्तमा फण्डको जम्मा आम्दानी रू. १ करोड ३१ लाख ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो ।
साउन मसान्तमा एनआईबिएल समृद्धि फण्ड २ पनि नोक्सानीमा छ । सो अवधिमा फण्ड रू. २ करोड १७ लाख नोक्सानीमा रहेको हो । असार मसान्तमा भने फण्ड रू. १० करोड ७२ लाख नाफामा थियो । साउन मसान्तमा यस फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो । असार मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ २७ पैसा रहेकोमा साउन मसान्तमा ९ रुपैयाँ १३ पैसामा झरेको छ ।
एनआईबिएल प्रगति फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
एनआईबिएल समृद्धि फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्