पुस १३, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड - १ ले मंसिर मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण मंगलवार सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार फण्डले मंसिर मसान्तसम्ममा रू. १ करोड २२ लाख १६ हजार नाफा कमाएको हो । यो नाफा कात्तिक मसान्तसम्मको तुलनामा २२ प्रतिशत घटेको हो । फण्डले कात्तिक मसान्तसम्ममा रू. १ करोड ५८ लाख १४ हजार नाफा कमाएको थियो ।
मंसिर महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो । फण्डले कात्तिक मसान्तसम्ममा रू. २ करोड ४४ लाख ३६ हजार आम्दानी गरेकोमा मंसिर मसान्तसम्ममा रू. २ करोड २८ लाख ९१ हजारमा झरेको हो ।
त्यसैगरी, फण्डको सूचीकृत शेयरमा लगानी पनि घटेको छ । कात्तिक मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. १० करोड २८ लाख ४३ हजार लगानी गरेकोमा मंसिर मसान्तसम्ममा घटेर रू. २ करोड ७३ लाख ७२ हजारमा झरेको हो ।
मंसिर महीनामा फण्डले लगानी गरेका कम्पनीहरुको शेयरमूल्य घटेसँगै समग्र सूचीकृत शेयरमा लगानी घटेको हो । त्यसैगरी कात्तिक मसान्तसम्ममा फण्डको एनएभी रू. १२ दशमलव ६६ रहेकोमा मंसिर मसान्तमा रू. १२ दशमलव ६२ कायम भएको छ ।