कात्तिक ११, काठमाडौं । एनआईबिएल समृद्धि फण्ड - २ ले असोज मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण बिहीवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत शेयरमा लगानी भदौ मसान्तको तुलनामा असोज मसान्तमा कमि आएको छ ।
भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू.७५ करोड ५ लाख ९८ हजार लगानी गरेको उक्त फण्डको लगानी असोज मसान्तसम्ममा घटेर रू. ७० करोड ६३ लाख ३५ हजारमा झरेको हो ।
त्यसैगरी फण्डको एनएभी पनि घटेको छ । भदौ मसान्तमा फण्डको एनएभी रू. ९ दशमलव ८८ रहेकोमा असोज मसान्तमा घटेर रू. ९ दशमलव ८० म ाझरेको हो । असोज मसान्तसम्ममा फण्डले रू. २ करोड ८७ लाख २४ हजार नोक्सानी ब्यहोरेको छ ।
भदौ मसान्तसम्ममा पनि उक्त फण्ड रू. १ करोड ७४ लाख ६ हजार नाक्सानीमा थियो । उक्त फण्ड एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको छ ।