एनआईबिएल समृद्धि फण्ड २ र प्रगति फण्डको न्याभ बढ्यो, नाफा कति ?

काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सृमद्धि फण्ड २ र एनआईबिएल प्रगति फण्डले जेठ मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डको न्याभ वैशाखको तुलनामा जेठमा बढेको छ ।  एनआईबिएल प्रगति फण्डको वैशाख मसान्तसम्ममा न्याभ ९ रुपैयाँ ५० पैसा रहेकोमा जेठ मसान्तसम्ममा बढेर १० रुपैयाँ २८ पैसा पुगेको छ । त्यस्तै एनआईबिएल समृद्धि फण्ड २ को न्याभ वैशाख मसान्तसम्ममा ८ रुपैयाँ ४२ पैसा रहेकोमा जेठ मसान्तमा ९ रुपैयाँ पुगेको हो । यस फण्डले जेठ मसान्तसम्ममा रू. ६ करोड ६१ लाख नाफा कमाएको छ । वैशाख मसान्तमा भने फण्ड रू. २ करोड १३ लाख नोक्सानीमा थियो । त्यस्तै यस फण्डले सूचीकृत धितोपत्रमा लगानी पनि बढाएको छ । वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. ६२ करोड ५८ लाख लगानी गरेकोमा जेठ मसान्तसम्ममा बढाएर रू. ७० करोड २९ लाख पुर्‍याएको हो ।  एनआईबिएल प्रगति फण्ड वैशाख मसान्तसम्ममा रू. ३ करोड ७८ लाख नोक्सानीमा रहेकोमा जेठ मसान्तमा रू. २ करोड ८ लाख नाफा आर्जन गर्न सफल भएको छ । जेठमा फण्डले रू. ३ करोड ३८ लाख आम्दानी गर्न सफल भएकाले नाफामा गएको हो ।  सो अवधिमा फण्डले सूचीकृत धितोपत्रमा रू. ४७ करोड ९१ लाख लगानी गरेको छ ।  एनआईबिएल समृद्धि फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला एनआईबिएल प्रगति फण्को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित चार ओटै फण्डको न्याभ घट्यो

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड २,एनआईबिएल प्रगति फण्ड,एनआईबिएल ग्रोथ फण्ड र एनआईबिएल सहभागिता फण्डले भदौ महीनाको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी चार ओटै फण्डको न्याभ साउन महीनाको तुलनामा भदौ महीनामा घटेको छ ।  एनआईबिएल समृद्धि फण्ड २ को न्याभ साउन मसान्तमा ९ रुपैयाँ १३ पैसा रहेकोमा भदौ मसान्तमा ९ रुपैयाँ ०१ पैसामा झरेको हो । त्यस्तै एनआईबिएल प्रगति फण्डको न्याभ साउन मसान्तमा १० रुपैयाँ ४८ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ ३२ पैसा कायम भएको छ ।  भदौ मसान्तमा एनआईबिएल ग्रोथ फण्डको न्याभ ९ रुपैयाँ ९८ पैसा रहेको छ । साउन मसान्तमा भने फण्डको न्याभ १० रुपैयाँ ०८ पैसा थियो । त्यस्तै एनआईबिएल सहभागिता फण्डको न्याभ साउन मसान्तमा १० रुपैयाँ १६ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ ०१ पैसामा झरेको हो । यस फण्ड भदौ मसान्तसम्ममा रू. ५ करोड १७ लाख नोक्सानीमा रहेको छ । साउन मसान्तमा पनि फण्ड रू. २ करोड २७ लाख नोक्सानीमा थियो । यस आधारमा फण्डको नोक्सानी बढेको देखियो । भदौ महीनामा फण्डको खर्चमा वृद्धि भएकाले नोक्सानीमा गएको हो । यस फण्डले भदौ मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. १ अर्ब १९ करोड भन्दा बढी लगानी गरेको छ ।  त्यस्तै एनआईबिएल ग्रोथ फण्डले सूचीकृत धितोपत्रमा लगानी बढाएको छ । साउन मसान्तमा फण्डले रू. ५८ करोड ८४ लाख  लगानी गरेकोमा भदौ मसान्तमा बढाएर रू. ६४ करोड ५९ लाख पु¥याएको हो । भदौ मसान्तसम्ममा यस फण्ड रू. ३ करोड ३९ लाख नोक्सानीमा रहेको छ । साउन मसान्तमा पनि फण्ड रू. २ करोड भन्दा बढी नोक्सानीमा थियो ।  एनआईबिएल प्रगति फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ४२ करोड ६८ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तसम्ममा रू. ४३ करोड ७६ लाख थियो । यस फण्ड भदौ मसान्तसम्ममा रू. २ करोड ६६ लाख नोक्सानीमा रहेको छ । साउन मसान्तमा पनि फण्ड रू. १ करोड ४४ लाख नोक्सानीमा रहेको थियो । एनआईबिएल समृद्धि फण्ड २ पनि भदौ मसान्तमा रू. ३ करोड ९७ लाख नोक्सानीमा रहेको छ । साउन मसान्तमा पनि फण्ड रू. २ करोड १७ लाख नोक्सानीमा थियो ।    एनआईबिएल प्रगति फण्डको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस एनआईबिएल समृद्धि फण्ड २ को रिपोट हेर्न यहाँ क्लिक गर्नुृहोस एनआईबिएल ग्रोथ फण्डको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस एनआईबिएल सहभागिता फण्डको रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस

एनआईबिएल समृद्धि फण्ड २ र एनआईबिएल प्रगति फण्डको सूचीकृत धितोपत्रमा लगानी घट्यो

काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सृमद्धि फण्ड २ र एनआईबिएल प्रगति फण्डले साउन मसान्तको खुद सम्पत्ति मूल्य सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डको सूचीकृत शेयरमा लगानी असारको तुलनामा साउनमा घटेको छ ।  एनआईबिएल समृद्धि फण्ड २ ले असार मसान्तमा सूचीकृत धितोपत्रमा रू. ७४ करोड ५८ लाख लगानी गरेकोमा साउन मसान्तमा भने रू. ७१ करोड १७ लाख मात्रै गरेको हो । त्यस्तै एनआईबिएल प्रगति फण्डले असार मसान्तसम्ममा रू. ४९ करोड ४० लाख लगानी गरेकोमा साउन मसान्तमा भने रू. ४३ करोड ७६ लाख मात्रै लगानी गरेको छ । यो फण्डको न्याभ पनि असारको तुलनामा साउनमा केही घटेको छ । असार मसान्तसम्ममा फण्डको न्याभ १० रुपैयाँ ६८ पैसा रहेकोमा साउन मसान्तमा घटेर १० रुपैयाँ ४८ पैसामा झरेको हो । यो फण्ड साउन मसान्तमा रू. १ करोड ४४ लाखभन्दा बढी नोक्सानीमा छ । असार मसान्तमा भने फण्ड रू. ५ करोडभन्दा बढी नाफामा थियो । साउन मसान्तमा फण्डको जम्मा आम्दानी रू. १ करोड ३१ लाख ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो ।  साउन मसान्तमा एनआईबिएल समृद्धि फण्ड २ पनि नोक्सानीमा छ । सो अवधिमा फण्ड रू. २ करोड १७ लाख नोक्सानीमा रहेको हो । असार मसान्तमा भने फण्ड रू. १० करोड ७२ लाख नाफामा थियो । साउन मसान्तमा यस फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो । असार मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ २७ पैसा रहेकोमा साउन मसान्तमा ९ रुपैयाँ १३ पैसामा झरेको छ ।  एनआईबिएल प्रगति फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् एनआईबिएल समृद्धि फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

१० ओटा म्युचुअल फण्डद्वारा प्रतिफल वितरण गर्ने घोषणा, कुन-कुन कम्पनीको कति ?

साउन २३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २३ ओटा म्युचुअल फण्डमध्ये १० ओटा म्युचुअल फण्डले इकाईधनीहरुलाई प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेका छन् ।  १० ओटै फण्डले गत आव २०७७/७८ को मुनाफाबाट इकाईधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेका हुन् । १० ओटा म्युचुअल फण्ड मध्ये लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले इकाईधनीको खातामा लाभांश पठाएको जानकारी गराएका छन् ।  लक्ष्मी उन्नति कोषले आफ्ना इकाईधनीलाई २५ प्रतिशत नगद लाभांश साउन १९ गतेदेखि खातामा पठाउन शुरु गरेको हो । यस फण्डको नगद लाभांश साउन १२ गतेसम्म कायम इकाईधनीले पाएका छन् । त्यसैगरी, लक्ष्मी इक्विटी फण्डले ३५ प्रतिशत नगद लाभांश साउन २१ गतेदेखि इकाईधनीको बैंक खातामा पठाउन शरु गरेको हो । साउन १४ गतेसम्म कायम इकाईधनीहरुले उक्त नगद लाभांश पाउनेछन् ।  १० ओटा म्युचुअल फण्डमध्ये सबैभन्दा बढी एनआइबिएल प्रगाति फण्ड र एनआइबिएल सहभागिता फण्डले आप्mना इकाईधनीहरुलाई ५०÷५० प्रतिशत इकाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड १ ले नगद लाभांश वितरणको लागि साउन २९ गते बुक क्लोज गर्ने भएको छन् । यस आधारमा साउन २८ गतेसम्मका कायम इकाईधनीले नगद लाभांश पाउनेछन् ।  एनआईबिएल समृद्धि फण्ड १ ले आफ्ना इकाईधनीलाई ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम, एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डले ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  यी ४ ओटा योजनाले बुक क्लोजको मिति तय गरेका छैनन् । त्यसैगरी कुमारी इक्विटी फण्डले इकाईधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस नगद लाभांश वितरण प्रयोजनको लागि योजनाले बुक क्लोज साउन २५ गते गर्ने भएको छ । यस आधारमा साउन २४ गतेसम्मका कायम इकाईधनीले नगद लाभांश पाउनेछन् ।                                                                         स्रोत : म्युचुअल फण्डद्वारा प्रकाशित नोटिस