'एनआईबिएल समृद्धि फण्ड १' परिपक्व हुदै, ६ वर्षमा ९८ प्रतिशत लाभांश

एनआइबिएल एस क्यापिटलले संचालनमा गरिरहेको 'एनआईबिएल समृद्धि फण्ड १' नामक सामुहिक लगानी कोष योजना पुस २३ गते परिपक्क हुने भएको छ । ७ वर्षे अवधिको यस म्युचुअल फण्डको अन्तिम कारोबार २०७८ पुस २२ गते हुने छ । फण्ड २०७१ पुस २३ गतेदेखि संचालनमा आएकोमा ७ वर्षको अवधि सकेर २०७८ पुस २२ मा परिपक्क हुन लागेको हो । प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको फण्डमा कुल १० करोड इकाई रहेको छ भने फण्डको आकार १ अर्ब रुपैयाँ रहेको छ । फण्ड परिपक्क भएसंगै क्यापिटलले सार्वजनिक सूचना जारी गरेर इकाईधनीको पैसा फिर्ता गर्ने छ । यस फण्डले आर्थिक वर्ष ७२/७३ मा १५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछिका वर्षमा भने फण्डले क्रमश १८ प्रतिशत, १२ प्रतिशत , ६.५ प्रतिशत, १२ प्रतिशत र ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । फण्डले आर्थिक वर्ष ७७/७८ मा सबैभन्दा धेरै ३५ प्रतिशत लाभांश वितरण गरेको हो । यस हिसाबमा फण्डले कुल ९८.५ प्रतिशत लाभांश बितरण गरेको छ ।

सम्बन्धित सामग्री

एनआईबिएल समृद्धि फण्ड-१ को सूचीकरण खारेजी

एनआईबिएल समृद्धि फण्ड १ को सूचीकरण खारेजी भएको छ । वि.सं. २०७१ पुस २३ गते नेप्सेमा सूचीकृत भएको सात वर्ष अवधिको यस फण्ड २०७८ पुस २३ गते शुक्रबार परिपक्क भएपछि सूचीकृत खारेजी भएको नेप्सेले जनाएकाे हो । फण्डको इकाई बिहीवार नेप्सेमा कारोबार हुने अन्तिम दिन थियो । यसअनुसार योजना पुस २२ गते बिहीवारसम्म इकाई खरीद गरी कायम रहने इकाइधनीले मात्र योजना अन्तर्गतको सम्पत्तिलाई नगदमा परिणत गरी फिर्ता पाउनेछन् । योजना अवधि परिपक्व भएसँगै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको कोष प्रवर्धक रही एनआईबिएल एस क्यापिटलको ब्यवस्थापन अन्...

एनआईबिएल समृद्धि फण्ड–१ को प्रतिफल वितरण

भदौ १०, काठमाडौं । एनआईबिएल समृद्धि फण्ड–१ ले प्रस्ताव गरेको ३५ प्रतिशत प्रतिफल (नगद लाभांश) वितरण गरेको छ ।  योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको साउन १४ गतेको बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको उक्त प्रतिफल भदौ ९ गतेदेखि वितरण गर्न शुरु गरिएको हो । क्यापिटलले सम्बन्धित इकाईधनीहरुको बैंक खातामै नगद लाभांश जम्मा गरिदिएको जानकारी दिएको छ ।  यसर्थ हालसम्म हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक नगर्ने इकाईधनीहरुलाई यथाशिघ्र अद्यावधिक गराई लाभांश प्राप्त गर्न अनुरोध समेत गरिएको छ । साथै आफ्नो इकाई धितो बन्धक राखी कर्जा सुविधा उपभाग गरेका इकाईधनीहरुको नगद लाभांश सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैंक खातामा जम्मा गरिने क्यापिटलको भनाइ छ ।  एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित बन्दमुखी प्रकृतिको यस योजनाले १० करोड इकाई विक्री गरेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य रू. १६ रहेको छ । त्यस अवधिसम्म योजनाले रू. ५५ करोड ९१ लाखभन्दा बढी नाफा गरेको छ ।

एनआईबिएल समृद्धि फण्ड–१ ले ३५ प्रतिशत लाभांश दिने

१५ साउन, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजना एनआईबिएल समृद्धि फण्ड –१ इकाईधनीहरुका लागि लाभांश घोषणा गरेको छ । एनआईबिएल समृद्धि फण्ड –१ को बिहीबार सम्पन्न भएको सञ्चालक समितिको ८९ औँ बैठकले इकाईधीहरुलाई करसहित ३५ प्रतिशतले हुन आउने ३५ करोड रुपैयाँ प्रतिफल दिने निर्णय गरेको हो ।

एनआइबिएल प्रगति फण्ड र एनआइबिएल समृद्धि फण्ड १ द्वारा प्रतिफल वितरण गर्ने घोषणा

साउन १५, काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइविएल समृद्धि फण्ड १ र एनआइबिएल प्रगति फण्डले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् ।   एनआइबिएल प्रगति फण्डले करसहित ५० प्रतिशत नगद लाभांश र एनआइबिएल समृद्धि फण्ड १ ले ३५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेको हो । दुबै योजनाको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले इकाईधनीलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

एनआईबिएल समृद्धि फण्ड–२ को इकाई आजसम्म मात्र विक्रीमा रहने

वैशाख १६, काठमाडौं । वैशाख १३ गतेदेखि विक्रीमा आएको एनआईबिएल समृद्धि फण्ड–२ को इकाई बिहीवारसम्म मात्र विक्रीमा रहने भएको छ ।  एनआईबिएल एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालन हुने यो फण्डले १२ करोड इकाई विक्री गर्न लागेको हो ।  उक्त फण्डले कुल इकाईमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र २ करोड ३० लाख इकाई कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई छुट्याएर बाँकी ९ करोड ६० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याएको हो । प्रतिइकाई रू. १० अंकित मूल्यको यो इकाई खरीदका लागि न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ । यो इकाई छिटोमा वैशाख १६ गते र ढिलोमा वैशाख २७ गतेसम्म विक्री रहने भनिएपनि माग बमोजिम आवेदन परिसकेकाले छिटो अवधिसम्म मात्र विक्री खुला गर्न लागिएको क्यापिटलको भनाइ छ ।  एनआईबिएल समृद्धि फण्ड–२ बन्दमुखी योजना हो । इकाई बाँडफाँट भएको मितिले १० वर्षमा यो योजना परिपक्व हुनेछ । परिपक्व भएपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिने क्यापिटलले जानकारी दिएको छ ।  यो इकाई खरीदका लागि एनआईबिएल एस क्यापिटलसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

एनआईबिएल समृद्धि फण्ड–२ को ५४% इकाई पहिलो दिनमै बिक्री

एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड–२ को पहिलो दिनमा नै उत्साहप्रद रुपमा आवेदन परेको छ ।इकाई खरिदको लागि कुल इकाइको ५३.४४ प्रतिशत इकाई आवेदन भइसकेको क्यापिटलले जनाएको छ । क्यापिटलले वैशाख १३गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ […]

एनआईबीएल समृद्धि फण्ड–२ को ५४ प्रतिशत इकाई पहिलो दिनमै बिक्री

१४ वैशाख, काठमाडौं । एनआईबीएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबीएल समृद्धि फण्ड-२ को पहिलो दिनमा नै उत्साहप्रद रुपमा आवेदन परेको छ । इकाई खरिदका लागि कुल इकाईको ५३.४४ प्रतिशत इकाई आवेदन भइसकेको क्यापिटलले जनाएको छ । क्यापिटलले बैशाख १३ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई […]

आकर्षक प्रतिफलसहित ‘एनआईबीएल समृद्धि फण्ड २’ को बिक्री खुला

१३ वैशाख, काठमाडौं । एनआईबीएल एस क्यापिटलले सोमबारदेखि ‘एनआईबीएल समृद्धि फण्ड २’ नामको बन्दमुखी समिहील लगानी कोष योजनाको इकाई बिक्री खुला गरेको छ । क्यापिटलले ‘एनआईबीएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने गरी यस योजनाको इकाई निष्काशन गरेको हो । एनआईबीएल म्युचुअल फण्डको पहिलो योजना एनआईबीएल समृद्धि फण्ड (१ सफलता पूर्वक सञ्चालन गर्दै यस योजनाका इकाईधनीहरुलाई […]

एनआईबिएल समृद्धि फण्ड–२ को इकाई आजदेखि विक्रीमा

वैशाख १३, काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले आज (सोमवार) देखि एनआईबिएल समृद्धि फण्ड–२ को १२ करोड इकाई विक्री खुला गरेको छ ।  क्यापिटलकै व्यवस्थापनमा एनआईबिएल म्यचुअल फण्ड अन्तर्गत यो योजना सञ्चालन हुन लागेको हो । कुल इकाई मध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र २ करोड ३० लाख इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई छुट्याएर बाँकी ९ करोड ६० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याएको हो । प्रतिइकाई रू. १० अंकित मूल्यको यो इकाई खरीदका लागि न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ । यो इकाई छिटोमा वैशाख १६ गते र ढिलोमा वैशाख २७ गतेसम्म विक्रीमा रहनेछ ।  एनआईबिएल समृद्धि फण्ड–२ बन्दमुखी योजना हो । इकाई बाँडफाँट भएको मितिले १० वर्षमा यो योजना परिपक्व हुनेछ । परिपक्व भएपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिने क्यापिटलले जानकारी दिएको छ ।  यो इकाई खरीदका लागि एनआईबिएल एस क्यापिटलसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

एनआईबिएल समृद्धि फण्ड - २ ले सोमवारदेखि १२ करोड इकाई विक्री गर्ने

वैशाख १२, काठमाडौं । एनएआईबिएल एस क्यापिटल लिमिटेडले सोमवारदेखि एनआईबिएल समृद्धि फण्ड- २ को १२ करोड इकाई विक्री गर्ने भएको छ ।  कुल इकाईमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र २ करोड ३० लाख कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई छुट्याएर बाँकी रहेको ९ करोड ६० लाख इकाई सर्वसाधारणको लागि विक्री गर्न लागिएको हो । आवेदकले १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।उक्त इकाई छिटोमा वैशाख १६ र ढिलोमा वैशाख २७ गतेसम्म विक्रीमा रहनेछ । एनआईबिएल समृद्धि फण्ड २ बन्दमुखी योजना हो । इकाई बाँडफाँट भएको मितिले १० वर्षमा योजना परिपक्व हुनेछ । परिपक्व भएपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसावले प्रचलित कानून बमोजिम वितरण गरिने क्यापिटलले बताएको छ । उक्त इकाई खरीदका लागि एनआईबिएल एस क्यापिटलसँगै आस्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिने छ ।