मंसिर १२, काठमाडौं । एनआईबिएल समृद्धि फण्ड - १ ले कात्तिक मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी असोज मसान्तको तुलनामा कात्तिक महीनामा बढेको छ । असोज मसान्तमा फण्डको एनएभी रू. १२ दशमलव ६२ रहेकोमा कात्तिक मसान्तमा वृद्धि भएर रू. १२ दशमलव ६६ पुगेको हो ।
त्यसैगरी फण्डको नाफा असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा नाफामा वृद्धि भएको छ । असोज मसान्तसम्ममा रू. १ करोड २१ लाख ४९ हजार नाफा कमाएको उक्त फण्डले कात्तिक मसान्तमा वृद्धि गर्दै रू. १ करोड ५८ लाख १४ हजार नाफा कमाएको छ ।
कात्तिक मसान्तसम्ममा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । असोज मसान्तसम्ममा फण्डले रू. १ करोड ८७ लाख ९४ हजार आम्दानी गरेकोमा कात्तिक मसान्तमा वृद्धि भएर रू. २ करोड ४४ लाख ३६ हजार पुगेको हो ।
कात्तिक महीनामा फण्डको सूचीकृत शेयरमा लगानी भने घटेको छ । फण्डले असोज महीनामा सूचीकृत शेयरमा रू. २८ करोड २० लाख २३ हजार लगानी गरेकोमा कात्तिक महीनामा घटेर रू.१० करोड २८ लाख ४३ हजारमा झरेको हो ।
कात्तिक महीनामा फण्डले लगानी गरेका कम्पनीहरुको शेयरमूल्य घटेकाले सूचीकृत शेयरमा लगानी घटेको हो । उक्त फण्ड एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको छ ।