पुस १३, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड-२ ले मंसिर मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण मंगलवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी कात्तिक मसान्तको तुलनामा मंसिर मसान्तमा घटेको छ । कात्तिक मसान्तमा फण्डको एनएभी रू. ९ दशलमव ९३ रहेकोमा मंसिर मसान्तमा घटेर रू. ९ दशमलव १४ मा झरेको हो । त्यसैगरी एनएभीसँगै फण्डको सूचीकृत शेयरमा लगानी पनि घटेको छ । फण्डले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७६ करोड लगानी गरेकोमा मंसिर मसान्तसम्ममा घटेर रू. ६६ करोड १६ लाख १७ हजारमा झरेको हो ।
मंसिर मसान्तसम्ममा फण्डले लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा घटेसँगै समग्र सूचीकृत शेयरमा लगानी घटेको हो । फण्डको नोक्सानी कात्तिक मसान्तको तुलनामा मंसिर मसान्तमा बढेको छ । फण्डले कात्तिक मसान्तसम्ममा रू. १ करोड ४ लाख ९ हजार नोक्सानी ब्यहोरकोमा मंसिर मसान्तसम्ममा बढेर रू. १२ करोड ८२ लाख ७६ हजार पुगेको हो ।