एनआईबिएल समृद्धि फण्ड-१ को सूचीकरण खारेजी

एनआईबिएल समृद्धि फण्ड १ को सूचीकरण खारेजी भएको छ । वि.सं. २०७१ पुस २३ गते नेप्सेमा सूचीकृत भएको सात वर्ष अवधिको यस फण्ड २०७८ पुस २३ गते शुक्रबार परिपक्क भएपछि सूचीकृत खारेजी भएको नेप्सेले जनाएकाे हो । फण्डको इकाई बिहीवार नेप्सेमा कारोबार हुने अन्तिम दिन थियो । यसअनुसार योजना पुस २२ गते बिहीवारसम्म इकाई खरीद गरी कायम रहने इकाइधनीले मात्र योजना अन्तर्गतको सम्पत्तिलाई नगदमा परिणत गरी फिर्ता पाउनेछन् । योजना अवधि परिपक्व भएसँगै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको कोष प्रवर्धक रही एनआईबिएल एस क्यापिटलको ब्यवस्थापन अन्...

सम्बन्धित सामग्री

एनआईबिएल समृद्धि फण्ड–१ को स्वामित्वमा रहेका तीन ओटा कम्पनीको ऋणपत्र विक्रीमा

फागुन १, काठमाडौं । खारेजी प्रकृयामा एनआईबिएल समृद्धि फण्ड–१ ले तीन ओटा कम्पनीको ७२ हजार ५०० कित्ता ऋणपत्र आइतवारदेखि विक्रीमा ल्याएको छ । योजनाले नेपाल बैंकको १२ हजार ५०० कित्ता, एनआईसी एशिया बैंकको १० हजार कित्ता र ग्लोबल आइएमई बैंकको ५० हजार कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो । यी ऋणपत्र खरीदका लागि इच्छुक खरीदकर्ताहरुले फागुन ८ गते अपरान्ह २ बजेभित्र योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आवेदन दिनु पर्नेछ । यी ऋणपत्र खरीदका लागि न्यूनतम एक हजार कित्ता र सोभन्दा बढी कित्ताका लागि आवेदन दिन सकिनेछ ।एनआईबिएल एस क्यापिटल लिमिटेडलेको व्यवस्थापनमा यस योजनाको इकाई धितोपत्र दोस्रो बजारमा पुस २२ गतेपछि सूचीकरण खारेजी भइसकेको छ । नेपाल धितोपत्र बोर्डबाट २०७१ साल कात्तिक ३० गते सञ्चालनको अनुमति प्राप्त गरी योजना २०७१ साल पुस २३ गतेदेखि सञ्चालनमा आएको थियो । सात वर्षे अवधिको बन्दमुखी यस योजनाले योजना परिपक्व हँुदासम्मको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई आफ्नो इकाई बमोजिमको रकम फिर्ता गर्ने तयारी गरेको हो । योजनाले प्रतिइकाई रू. १० अंकित दरको रू. १ अर्ब बराबरको १० करोड इकाई जारी गरेको थियो ।

९१ हजार कित्ता बढी शेयर तथा ऋणपत्र लिलाम गर्दै 'एनआईबिएल समृद्धि फण्ड १

खारेजी प्रक्रियामा रहेको 'एनआईबिएल समृद्धि फण्ड १' ले आफ्नो स्वामित्वमा रहको शेयर तथा ऋणपत्रहरु लिलाम गर्ने भएको छ । फण्डले विभिन्न कम्पनीको १२ हजार १ सय ५४ कित्ता शेयर र ७९ हजार ५ सय कित्ता ऋणपत्र लिलाम गर्ने भएको हो ।उक्त योजनाको अवधि समाप्त भई योजना परिपक्क भएकोले नेपाल स्टक एक्सचेन्ज नेप्सेले पुस २२ गतेको निर्णय अनुसार उक्त योजनाको सूचीकरण खारेज गरिसकेको हो ।  ७ वर्षे अवधिको यस म्युचुअल फण्डको अन्तिम कारोबार २०७८ पुस २२  गते भएको थियो । योजनाको अन्तिम इकाई मूल्य १२ रुपैयाँ ४१ पैसा कायम भएको छ ।फण्ड २०७१ पुस २३ गतेदेखि संचालनमा आएकोमा ७ वर्षको अवधि सकेर  परिपक्क भएको हो । प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको फण्डमा कुल १० करोड इकाई रहेको छ भने फण्डको आकार १ अर्ब रुपैयाँ रहेको छ । फण्ड परिपक्क भएसंगै क्यापिटलले शेयर तथा ऋणपत्र लिलाम गरि इकाईधनीको पैसा फिर्ता गर्ने छ । जस अनुसार फण्डले लिलामीको सूचना निकालेको छ । सूचना अनुसार लगानीकर्ताले लिलामीको शेयर तथा ऋणपत्रमा माघ २० गतेसम्म आवेदन दिन सक्ने छन् । शेयरको न्युनतम मूल्य प्रति कित्ता १०० र ऋणपत्रको  मूल्य प्रति कित्ता १००० कायम गरिएको छ । आवेदन दिंदा १०० कित्ता भन्दा बढी शेयर लिलाममा भएको कम्पनीको हकमा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ । त्यस्तै अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । लिलामीको फारम एनआईबिएल एस क्यापिटलको कार्यालयबाट प्राप्त गर्न सकिने छ । कसको कति शेयर लिलाममा ?प्रभु बैंकको २५ सय २० कित्ता हिमालयन बैंकको ५५ सय ३४ कित्ता स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३८१ कित्ता एक्सेल डेभलपमेन्ट बैंकको १ कित्ता नाडेप लघुवित्तको ५३८ कित्ता आँधीखोला लघुवित्तको ७१४ कित्ता डिप्रोक्स लघुवित्तको २३४९ कित्ता समाज लघुवित्तको ११७ कित्ता  यस फण्डले आर्थिक वर्ष ७२/७३ मा १५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछिका वर्षमा भने फण्डले क्रमश १८ प्रतिशत, १२ प्रतिशत , ६.५ प्रतिशत, १२ प्रतिशत र ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । फण्डले आर्थिक वर्ष ७७/७८ मा सबैभन्दा धेरै ३५ प्रतिशत लाभांश वितरण गरेको हो । यस हिसाबमा  फण्डले कुल ९८.५ प्रतिशत लाभांश बितरण गरेको छ ।

'एनआईबिएल समृद्धि फण्ड १' को सूचीकरण खारेज, अन्तिम मूल्य १२ रुपैयाँ ४१ पैसा कायम

एनआइबिएल एस क्यापिटलले संचालनमा गरिरहेको 'एनआईबिएल समृद्धि फण्ड १' को सूचीकरण खारेज भएको छ । उक्त योजनाको अवधि समाप्त भई योजना परिपक्क भएकोले नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज पुस २२ गतेको निर्णय अनुसार उक्त योजनाको सूचीकरण खारेज गरेको हो । ७ वर्षे अवधिको यस म्युचुअल फण्डको अन्तिम कारोबार आज २०७८ पुस २२  गते भएको  छ । योजनाको अन्तिम इकाई मूल्य १२ रुपैयाँ ४१ पैसा कायम भएको छ ।फण्ड २०७१ पुस २३ गतेदेखि संचालनमा आएकोमा ७ वर्षको अवधि सकेर  परिपक्क भएको हो । प्रति इकाई १० रुपैयाँ अंकित मूल्य रहेको फण्डमा कुल १० करोड इकाई रहेको छ भने फण्डको आकार १ अर्ब रुपैयाँ रहेको छ । फण्ड परिपक्क भएसंगै क्यापिटलले सार्वजनिक सूचना जारी गरेर इकाईधनीको पैसा फिर्ता गर्ने छ । यस फण्डले आर्थिक वर्ष ७२/७३ मा १५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसपछिका वर्षमा भने फण्डले क्रमश १८ प्रतिशत, १२ प्रतिशत , ६.५ प्रतिशत, १२ प्रतिशत र ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । फण्डले आर्थिक वर्ष ७७/७८ मा सबैभन्दा धेरै ३५ प्रतिशत लाभांश वितरण गरेको हो । यस हिसाबमा  फण्डले कुल ९८.५ प्रतिशत लाभांश बितरण गरेको छ ।