विश्वका चर्चित सेलिब्रेटीहरु आफ्नो पहिरन र फेसनशैलीका कारण चर्चामा आइरहन्छन् । केही समयअघि मात्रै नेपाली ट्रान्सजेन्डर अञ्जली लामा न्युयोर्क फेसन विकमा सहभागी भएको विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा राम्रैसँग छायो । कुनै पनि क्षेत्रमा सफल तथा चर्चित व्यक्तिहरुको पहिरन शैलीलाई सर्वसाधारणले अनुकरण गर्ने गर्दछन् । त्यसैले समाजको पहिरन संस्कारलाई सेलिब्रेटीको फेसनशैलीले धेरथोर प्रभावित बनाउँछ । […]