नेपालमा प्रतिहजार जनसंख्याका लागि १.९४ स्वास्थ्य जनशक्ति मात्र उपलब्ध छ । सरकारी तथ्यांकले नै स्वास्थ्य क्षेत्रमा जनशक्तिको यति ठूलो अभाव देखाएका बेला दक्ष चिकित्सक भने विदेश जाने क्रम बढ्दो छ । चार–पाँच वर्षयताको मात्रै तथ्यांक हेर्ने हो भने एक वर्षमा जति चिकित्सक उत्पादन हुन्छन् त्यही हाराहारीमा उच्च शिक्षा अध्ययन, फेलोसिप वा कामकै लागि विदेश जाने गरेका छन् ।