काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले रोयल ईभेन्ट (पार्टी प्यालेस), तीनकुने काठमाडौंमा साधारण सभा गर्ने जानकारी दिएको हो ।
सभाले संस्थापक समूहबाट ५ जना, सर्वसाधारण समूहबाट १ जना र विषय विज्ञबाट १ जना गरी जम्मा ७ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीलाई आवश्यक पूँजी निर्माणका लागि हकप्रद शेयर सम्बन्धमा छलफल गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १२ देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।