पुस ४, काठमाडौं । मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा पुस २६ गते बोलाएको छ ।
कम्पनीले सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने जानकारी दिएको हो । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक र एक स्वतन्त्र सञ्चालक पनि नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।