काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पुस २६ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संघको केन्द्रीय कार्यालय, बगदरबार, काठमाडौंमा दिउँसो ३ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
विधान संशोधनको विषय पनि सभाका लागि तय भएको छ । पुराना ब्रोकरहरूको साझा संस्थाको रूपमा यो संघ सञ्चालित छ । पुस २५ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउने संघले जानकारी दिएको छ ।