चन्द्रागिरी हिल्सको साधारण सभा पुस २६ मा

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले पुस २६ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय थानकोट परिसरमा उक्त दिन दिउँसो १२ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । संचालक समितिको सदस्यहरूको बैठक भत्ता परिमार्जन गर्नेसम्बन्धी प्रस्ताव पनि सभाका लागि तय भएको छ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरूले साधारण सभामा भाग लिन सक्नेछन् ।

सम्बन्धित सामग्री

स्टक ब्रोकर्स एसोसिएसनले पुस २६ गते बोलायो साधारण सभा

काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पुस २६ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संघको केन्द्रीय कार्यालय, बगदरबार, काठमाडौंमा दिउँसो ३ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । विधान संशोधनको विषय पनि सभाका लागि तय भएको छ । पुराना ब्रोकरहरूको साझा संस्थाको रूपमा यो संघ सञ्चालित छ । पुस २५ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउने संघले जानकारी दिएको छ ।

अरुण काबेली पावरको वार्षिक साधारण सभा पुस २६ मा, छैन लाभांश प्रस्ताव

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले १३औं वार्षिक साधारण सभा पुस २६ गते बोलाएको छ । सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण प्रस्ताव गरेको छैन । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

लाभांश पारितका लागि लक्ष्मी सनराइज बैंकले बोलायो पुस २६ मा साधारण सभा

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले २३औं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिनको २ बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो । सभाले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक शेयरधनीको तर्फबाट दुई र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

सानिमा मिडिल तमोरको वार्षिक साधारण सभा पुस २६ मा

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आठौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पुस २६ गते साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

कालिञ्चोक दर्शनको वार्षिक साधारण सभा पुस २६ मा

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले रोयल ईभेन्ट (पार्टी प्यालेस), तीनकुने काठमाडौंमा साधारण सभा गर्ने जानकारी दिएको हो ।  सभाले संस्थापक समूहबाट ५ जना, सर्वसाधारण समूहबाट १ जना र विषय विज्ञबाट १ जना गरी जम्मा ७ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीलाई आवश्यक पूँजी निर्माणका लागि हकप्रद शेयर सम्बन्धमा छलफल गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १२ देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

अप्पर सोलु हाइड्रोको आठौं वार्षिक साधारण सभा पुस २६ मा

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा लिसारा रिसेप्सन भगवति बहाल नक्सालमा उक्त दिन बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।  सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ३ देखि २६ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस २ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् । मङ्सिर २२ मा बसेको कम्पनी सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

नेपाल पावर एक्सचेञ्जले पुस २६ गते बोलायो पहिलो साधारण सभा

पुस ५, काठमाडौं । नेपाल पावर एक्सचेञ्ज कम्पनी लिमिटेडले  पहिलो वार्षिक साधारण सभा पुस २६ गते बोलाएको छ । सभा मेरियोट होटल, नागपोखरी, काठमाडौंमा बिहान ९ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । सभाको प्रस्तावमा आव २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिका निर्णय अनुमोदन गर्ने, नयाँ सञ्चालक समितिको निर्वाचन गर्ने रहेको छ ।

मकर जितुमाया सुरि हाइड्रोपावरको वार्षिक साधारण सभा पुस २६ गते

पुस ४, काठमाडौं । मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा पुस २६ गते बोलाएको छ । कम्पनीले सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने जानकारी दिएको हो । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र  आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभाले संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने तीन जना सञ्चालक र एक स्वतन्त्र सञ्चालक पनि नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।

रसुवागढी हाइड्रोपावरको साधारण सभा पुस २६ गते

पुस १, काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा बिहान ११ बजे कम्पनीको सभाहल महाराजगञ्ज काठमाडौंबाट भर्चुअल माध्यमबाट हुने जानकारी गराएको छ । सभाले कम्पनीको चुक्तापूँजी र सञ्चित मुनाफा (फ्री रिर्जभ) को जम्मा रकमभन्दा बढी हुने गरी ऋण लिने निर्णय अनुमोदन गर्ने तथा थप ऋण लिन स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

एनएमबि लघुवित्तको साधारण सभा पुस २६ गते, २२.६३% लाभांशको प्रस्ताव

मंसिर २४, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २६ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पोखरा ग्राण्ड, पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे शुरु हुनेछ ।   सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्तापूँजीको २१ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनको लागि १ दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले अन्य लघुवित्तसँगै मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ९ गतेदेखि पुस २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ८ गतेसम्मका कायम शेयधरनीहरुले साधारण सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।