पुस ५, काठमाडौं । नेपाल पावर एक्सचेञ्ज कम्पनी लिमिटेडले पहिलो वार्षिक साधारण सभा पुस २६ गते बोलाएको छ ।
सभा मेरियोट होटल, नागपोखरी, काठमाडौंमा बिहान ९ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो ।
सभाको प्रस्तावमा आव २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिका निर्णय अनुमोदन गर्ने, नयाँ सञ्चालक समितिको निर्वाचन गर्ने रहेको छ ।