अरुण काबेली पावरको वार्षिक साधारण सभा पुस २६ मा, छैन लाभांश प्रस्ताव

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले १३औं वार्षिक साधारण सभा पुस २६ गते बोलाएको छ । सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण प्रस्ताव गरेको छैन । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

सम्बन्धित सामग्री

सिटिजन लाइफले माघ १४ गते बोलायो साधारण सभा,५.२६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ १४ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । पुस १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले गत वर्षको मुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल कायम चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव कम्पनीले गरेको हो । उल्लेखित प्रस्तावसँगै सर्वसाधारण शेयरधनीको तर्फबाट दुई सञ्चालक निर्वाचनको विषय पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २९ गते बुक क्लोज गर्ने तयारी गरेको छ । बुक क्लोजको आधारमा पुस २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

सानिमा रिलायन्स लाईफको वार्षिक साधारण सभा माघ ११ मा, छैन लाभांश प्रस्ताव

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा माघ ११ गते गर्ने भएको छ । सभा काठमाडौंको नक्साल भाटभटेनीस्थित आम्रपाली ब्याक्वेटमा उक्त दिन बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको छ । सभाले आर्थिक वर्ष (आव) २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७९/८० कोे लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यस्तै सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा पुस २५ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफा लाभांश प्रस्ताव गरेको छैन ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

गरिमा विकास बैंकसहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सुपरमादी हाइड्रोपावर, गरिमा विकास बैंक, छिमेक लघुवित्त वित्तीय संस्था, लुम्बिनी विकास बैंक, बिन्ध्यबासिनी हाइड्रोपावर र रु रु जलविद्युत परियोजनाले भोलि (पुस १७ गते) बुक क्लोज गर्दैछन् ।  सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई करबाहेक २ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौंमा १३ औं र १४ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । त्यस्तै गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको गरिमा विकास बैंकले पुस २९ गते होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा १७ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । छिमेक लघुवित्तले पुस २९ गते होटल सामना प्रालिको सभाहल, मकवानपुर, हेटौंडामा २२ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसका साथै सभाले अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी, लुम्बिनी विकास बैंकले पुस २६ गते अमृतभोग, कालिकास्थान, काठमाडौंमा १६ औं वार्षिक साधारण सभा आयोजना गरेको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र करसहित ४ दशमलव ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पुस २६ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वरमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान १० बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ दशमलव २६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । रु रु जलविद्युत परियोजना लिमिटेडले हाल कायम चुक्ता पूँजीको १० दशमलव ५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २५ गते साधारण सभा बोलाएको हो । कम्पनीको सो सभा लिसरा रेसेप्सन, नक्साल, काठमाडौंमा बिहान साढे १० बजे शुरु हुनेछ । सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

हाथवे इन्भेष्टमेन्ट नेपालले प्रस्ताव गर्‍यो लाभांश, बोनससँगै नगद लाभांश पनि

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २६ गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । सभा लैनचौर ब्याङक्वेट, लैनचौर, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको छ । उक्त साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

मंगलवार समायोजनपछि पनि ५.३१% बढ्यो नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य

पुस २७, काठमाडौं । मंगलवार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजनपछि पनि ५ दशमलव ३१ प्रतिशत वृद्धि भएको छ ।  नेप्सेले कम्पनीले प्रस्ताव गरेको बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । कम्पनीको सोमवार कायम अन्तिम शेयरमूल्य रू. ३ हजार ६६० को आधारमा नेप्सेले ४० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. २ हजार ६१४ तोकेको हो ।  समायोजनपछि पनि कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १३८ दशमलव ७१ ले बढेको छ । प्रतिकित्ता रू. २ हजार ६६६ दशमलव ५० मा खुला भएको कम्पनीको शेयरमूल्य अधिकतम रू. २ हजार ८४९ सम्म पुगेर अन्तिम मूल्य रू. २ हजार ७५३ कायम भएको हो ।  यसदिन कम्पनीको रू. ६ करोड ७८ लाख ५३ हजार बराबरको २४ हजार ५७२ कित्ता शेयर कारोबार भएको छ । यस वर्ष कम्पनीले ४० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  यस वर्ष कम्पनीले गत वर्षसम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ४१ करोड ९० लाख ५३ हजारको आधारमा उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो ।  उक्त प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले माघ ६ गते आठौं वार्षिक साधारण सभा आव्हान गरेको छ । सभा क्रिक रिसार्ट, धादिङबेसी, धादिङमा बिहान ११ बजे सभा शुरु हुनेछ । सभाले अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।  साधारण सभा प्रयोजनका लागि कम्पनीले आज अर्थात् मंगलवारदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेकाले नेप्सेले बुक क्लोजपछिको मूल्य तोकेको हो । बुक क्लोजको आधारमा सोमवार (पुस २६ गते) सम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

१३ ओटा हाइड्रोपावर कम्पनीले प्रस्ताव गरे लाभांश, सबैभन्दा बढी ङादी ग्रुप पावरको

पुस ११, काठमाडौं । नेप्सेमा सूचीकृत ४६ ओटा हाइड्रोपावर कम्पनीमध्ये १३ ओटा कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।  १३ ओटै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । लाभांश प्रस्ताव गरेका १३ ओटा कम्पनी मध्ये ९ ओटा कम्पनीले लाभांश पारित समेत गरिसकेका छन् । अपि पावर कम्पनी, अरुण काबेली पावर, ङादी ग्रुप पावर, रुरु जलविद्युत् परियोजना, अरुण भ्याली हाइड्रोपावर, रिडी हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, सिनर्जी पावर कम्पनी र रैराङ हाइड्रोपावर कम्पनीले साधारण सभाबाट लाभांश पारित गरेका छन् ।  जसमध्ये ङादी ग्रुप पावर, अपि पावर कम्पनी, सिनर्जी पावर कम्पनी र अरुण काबेली पावर कम्पनीले बोनस शेयर सूचीकृत गराइसकेका छन् भने बाँकी कम्पनीको सूचीकरण प्रक्रियामा रहेको छ ।  त्यसैगरी लाभांश प्रस्ताव गरेका बाँकी ६ ओटा कम्पनी मध्ये चिलिमे हाइड्रोपावर कम्पनीले पुस २३ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्गमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ । सभाले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १५ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । त्यसैगरी बुटवल पावर कम्पनीले पुस २६ गते साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वरमा गर्ने जानकारी दिएको छ । सभाले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ११ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस आधारमा पुस ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी नेपाल हाइड्रो डेभलोपरले लाभांश पारीतका लागि पुस २८ गते साधारण सभा आयोजना गरेको छ । सभा डिल्ली बजार स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे शुरु गर्ने जानकारी गराएको छ । सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गतेबाट २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कालिका पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर १० चितवनमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको छ ।  सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १९ गतेदेखि २१ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन  र लाभांश पाउनेछन् ।                                                             स्रोत : कम्पनीद्वारा प्रकाशित नोटिस

बुटवल पावरले गर्‍यो २०% लाभांश प्रस्ताव, बुक क्लोजको मितिसमेत तय

मंसिर २९, काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको मंसिर २८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र करसमेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  प्रस्तावित यो लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले पुस २६ गते २९औं वार्षिक साधारण सभा गर्ने मिति समेत तय गरिसकेको छ । मंसिर २८ गतेको सञ्चालक समितिको बैठकलेनै कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  सभा प्रयोजनका लागि पुस ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।  बुक क्लोजको आधरामा पुस ८ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् । यो पनि हेर्नुस्: विद्युत् विक्री आम्दानी घटेसँगै बुटवल पावर कम्पनीको नाफा ३०.९९% घट्यो २५% लाभांश वितरण गर्ने प्रस्ताव गरेको बुटवल पावर कम्पनीको ५ वर्षको लाभांश विवरण :