काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा माघ ११ गते गर्ने भएको छ । सभा काठमाडौंको नक्साल भाटभटेनीस्थित आम्रपाली ब्याक्वेटमा उक्त दिन बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष (आव) २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७९/८० कोे लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस बुक क्लोजको आधारमा पुस २५ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफा लाभांश प्रस्ताव गरेको छैन ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्