पुस १, काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ ।
सभा बिहान ११ बजे कम्पनीको सभाहल महाराजगञ्ज काठमाडौंबाट भर्चुअल माध्यमबाट हुने जानकारी गराएको छ । सभाले कम्पनीको चुक्तापूँजी र सञ्चित मुनाफा (फ्री रिर्जभ) को जम्मा रकमभन्दा बढी हुने गरी ऋण लिने निर्णय अनुमोदन गर्ने तथा थप ऋण लिन स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।