काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा लिसारा रिसेप्सन भगवति बहाल नक्सालमा उक्त दिन बिहान १० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ३ देखि २६ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा पुस २ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् । मङ्सिर २२ मा बसेको कम्पनी सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्