काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आठौं वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ ।
पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पुस २६ गते साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने जानकारी दिएको छ ।
यस बुक क्लोजको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।