एनआईबिएल समृद्धि फण्ड–२ आउँदै

नेपाल इन्भेष्टमेन्ट बैंकले नेपालको पुँजी बजारमा सामुहिक लगानी कोषअन्र्तगत विभिन्न योजनाहरु सञ्चालन गर्ने उद्देश्यले आफू कोष प्रवद्र्धक रहि साथै बैंकको सहायक कम्पनी एनआईबिएल एस क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी ‘एनआईबिएल म्युचुअल फण्ड’ नामको सामुहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना सञ्चालन गर्दै आएको छ […]

सम्बन्धित सामग्री

एनआईबिएल समृद्धि फण्ड २ र एनआईबिएल प्रगति फण्डको सूचीकृत धितोपत्रमा लगानी घट्यो

काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सृमद्धि फण्ड २ र एनआईबिएल प्रगति फण्डले साउन मसान्तको खुद सम्पत्ति मूल्य सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डको सूचीकृत शेयरमा लगानी असारको तुलनामा साउनमा घटेको छ ।  एनआईबिएल समृद्धि फण्ड २ ले असार मसान्तमा सूचीकृत धितोपत्रमा रू. ७४ करोड ५८ लाख लगानी गरेकोमा साउन मसान्तमा भने रू. ७१ करोड १७ लाख मात्रै गरेको हो । त्यस्तै एनआईबिएल प्रगति फण्डले असार मसान्तसम्ममा रू. ४९ करोड ४० लाख लगानी गरेकोमा साउन मसान्तमा भने रू. ४३ करोड ७६ लाख मात्रै लगानी गरेको छ । यो फण्डको न्याभ पनि असारको तुलनामा साउनमा केही घटेको छ । असार मसान्तसम्ममा फण्डको न्याभ १० रुपैयाँ ६८ पैसा रहेकोमा साउन मसान्तमा घटेर १० रुपैयाँ ४८ पैसामा झरेको हो । यो फण्ड साउन मसान्तमा रू. १ करोड ४४ लाखभन्दा बढी नोक्सानीमा छ । असार मसान्तमा भने फण्ड रू. ५ करोडभन्दा बढी नाफामा थियो । साउन मसान्तमा फण्डको जम्मा आम्दानी रू. १ करोड ३१ लाख ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो ।  साउन मसान्तमा एनआईबिएल समृद्धि फण्ड २ पनि नोक्सानीमा छ । सो अवधिमा फण्ड रू. २ करोड १७ लाख नोक्सानीमा रहेको हो । असार मसान्तमा भने फण्ड रू. १० करोड ७२ लाख नाफामा थियो । साउन मसान्तमा यस फण्डको जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो । असार मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ २७ पैसा रहेकोमा साउन मसान्तमा ९ रुपैयाँ १३ पैसामा झरेको छ ।  एनआईबिएल प्रगति फण्डको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् एनआईबिएल समृद्धि फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

एनआईबिएल समृद्धि फण्ड २ र प्रगति फण्डको न्याभ बढ्यो, नाफा कति ?

काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सृमद्धि फण्ड २ र एनआईबिएल प्रगति फण्डले जेठ मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डको न्याभ वैशाखको तुलनामा जेठमा बढेको छ ।  एनआईबिएल प्रगति फण्डको वैशाख मसान्तसम्ममा न्याभ ९ रुपैयाँ ५० पैसा रहेकोमा जेठ मसान्तसम्ममा बढेर १० रुपैयाँ २८ पैसा पुगेको छ । त्यस्तै एनआईबिएल समृद्धि फण्ड २ को न्याभ वैशाख मसान्तसम्ममा ८ रुपैयाँ ४२ पैसा रहेकोमा जेठ मसान्तमा ९ रुपैयाँ पुगेको हो । यस फण्डले जेठ मसान्तसम्ममा रू. ६ करोड ६१ लाख नाफा कमाएको छ । वैशाख मसान्तमा भने फण्ड रू. २ करोड १३ लाख नोक्सानीमा थियो । त्यस्तै यस फण्डले सूचीकृत धितोपत्रमा लगानी पनि बढाएको छ । वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. ६२ करोड ५८ लाख लगानी गरेकोमा जेठ मसान्तसम्ममा बढाएर रू. ७० करोड २९ लाख पुर्‍याएको हो ।  एनआईबिएल प्रगति फण्ड वैशाख मसान्तसम्ममा रू. ३ करोड ७८ लाख नोक्सानीमा रहेकोमा जेठ मसान्तमा रू. २ करोड ८ लाख नाफा आर्जन गर्न सफल भएको छ । जेठमा फण्डले रू. ३ करोड ३८ लाख आम्दानी गर्न सफल भएकाले नाफामा गएको हो ।  सो अवधिमा फण्डले सूचीकृत धितोपत्रमा रू. ४७ करोड ९१ लाख लगानी गरेको छ ।  एनआईबिएल समृद्धि फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला एनआईबिएल प्रगति फण्को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

मंसिर मसान्तसम्ममा एनआईबिएल समृद्धि फण्ड-२ को एनएभी घट्यो

पुस १३, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड-२ ले मंसिर मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण मंगलवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी कात्तिक मसान्तको तुलनामा मंसिर मसान्तमा घटेको छ । कात्तिक मसान्तमा फण्डको एनएभी रू. ९ दशलमव ९३ रहेकोमा मंसिर मसान्तमा घटेर रू. ९ दशमलव १४ मा झरेको हो । त्यसैगरी एनएभीसँगै फण्डको सूचीकृत शेयरमा लगानी पनि घटेको छ । फण्डले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७६ करोड लगानी गरेकोमा मंसिर मसान्तसम्ममा घटेर रू. ६६ करोड १६ लाख १७ हजारमा झरेको हो ।  मंसिर मसान्तसम्ममा फण्डले लगानी गरेका कम्पनीहरुको शेयर मूल्यमा घटेसँगै समग्र सूचीकृत शेयरमा लगानी घटेको हो । फण्डको नोक्सानी कात्तिक मसान्तको तुलनामा मंसिर मसान्तमा बढेको छ । फण्डले कात्तिक मसान्तसम्ममा रू. १ करोड ४ लाख ९ हजार नोक्सानी ब्यहोरकोमा मंसिर मसान्तसम्ममा बढेर रू. १२ करोड ८२ लाख ७६ हजार पुगेको हो ।

एनआईबिएल समृद्धि फण्ड - २ को सूचीकृत शेयरमा लगानी घट्यो

कात्तिक ११, काठमाडौं । एनआईबिएल समृद्धि फण्ड - २ ले असोज मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण बिहीवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार फण्डको सूचीकृत शेयरमा लगानी भदौ मसान्तको तुलनामा असोज मसान्तमा कमि आएको छ ।  भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू.७५ करोड ५ लाख ९८ हजार लगानी गरेको उक्त फण्डको लगानी असोज मसान्तसम्ममा घटेर रू. ७० करोड ६३ लाख ३५ हजारमा झरेको हो ।  त्यसैगरी फण्डको एनएभी पनि घटेको छ । भदौ मसान्तमा फण्डको एनएभी रू. ९ दशमलव ८८ रहेकोमा असोज मसान्तमा  घटेर रू. ९ दशमलव ८० म ाझरेको हो । असोज मसान्तसम्ममा फण्डले रू. २ करोड ८७ लाख २४ हजार नोक्सानी ब्यहोरेको छ । भदौ मसान्तसम्ममा पनि उक्त फण्ड रू. १ करोड ७४ लाख ६ हजार नाक्सानीमा थियो । उक्त फण्ड एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको छ ।

एनआईबिएल सहभागित फण्ड र एनआईबिएल समृद्धि फण्ड-२ को शेयरमा लगानी बढ्यो

भदौ १४, काठमाडौं । एनआईबिएल म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड र एनआईबिएल समृद्धि फण्ड-२ ले साउन मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  उक्त वित्तीय विवरण अनुसार दुवै योजनाको सूचीकृत शेयरमा लगानी असार मसान्तको तुलनामा साउन मसान्तमा वृद्धि भएको छ ।     एनआईबिएल सहभागिता फण्डको असार मसान्तसम्म सूचीकृत शेयरमा रू. १९ करोड ६७ लाख लगानी रहेकोमा साउन मसान्तमा वृद्धि भएर रू. २१ करोड ६१ लाख ३० हजार पुगेको हो ।  त्यसैगरी, यस योजनाको एनएभी भने असार मसान्तको तुलनामा साउन मसान्तमा घटेको छ । असार मसान्तमा योजनाको एनएभी रू. १७ दशमलव ४५ रहेकोमा साउन मसान्तमा घटेर रू. १३ दशमलव शून्य १ मा सीमित भएको हो ।  योजनाले गत आवको मुनाफाबा इकाईधनीहरुलाई ५० प्रतिशत नगद लाभांश कर सहित वितरण गरेको हो । उक्त नगद लाभांश पछि योजनाको इकाई मूल्य समायोजन भएकाले असार मसान्तको तुलनामा साउन मसान्तमा इकाई मूल्य घटेको हो ।  एनआईबिएल समृद्धि फण्ड-२ ले साउन मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७२ करोड ५९ लाख २७ हजार लगानी गरेको छ । यो लगानी असार मसान्तको तुलनामा ४३ प्रतिशतले वृद्धि भएको हो । योजनाले असार मसान्त सम्ममा सूचीकृत शेयरमा रू. ५० करोड ५७ लाख लगानी गरेको थियो ।  यस योजनाको एनएभी पनि असार मसान्तको तुलनामा साउन मसान्तमा बढेको छ । यस योजनाको एनएभी असार मसान्तमा रू. १० रहेकोमा साउन मसान्तमा बढेर रू. १० दशमलव ३९ पुगेको हो । यस योजनाले साउन मसान्तसम्ममा रू. ५ करोड ९३ लाख ८६ हजार नाफा कमाएको छ ।

एनआईबिएल समृद्धि फण्ड–२ को इकाई आजसम्म मात्र विक्रीमा रहने

वैशाख १६, काठमाडौं । वैशाख १३ गतेदेखि विक्रीमा आएको एनआईबिएल समृद्धि फण्ड–२ को इकाई बिहीवारसम्म मात्र विक्रीमा रहने भएको छ ।  एनआईबिएल एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालन हुने यो फण्डले १२ करोड इकाई विक्री गर्न लागेको हो ।  उक्त फण्डले कुल इकाईमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र २ करोड ३० लाख इकाई कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई छुट्याएर बाँकी ९ करोड ६० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याएको हो । प्रतिइकाई रू. १० अंकित मूल्यको यो इकाई खरीदका लागि न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ । यो इकाई छिटोमा वैशाख १६ गते र ढिलोमा वैशाख २७ गतेसम्म विक्री रहने भनिएपनि माग बमोजिम आवेदन परिसकेकाले छिटो अवधिसम्म मात्र विक्री खुला गर्न लागिएको क्यापिटलको भनाइ छ ।  एनआईबिएल समृद्धि फण्ड–२ बन्दमुखी योजना हो । इकाई बाँडफाँट भएको मितिले १० वर्षमा यो योजना परिपक्व हुनेछ । परिपक्व भएपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिने क्यापिटलले जानकारी दिएको छ ।  यो इकाई खरीदका लागि एनआईबिएल एस क्यापिटलसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

एनआईबिएल समृद्धि फण्ड–२ को ५४% इकाई पहिलो दिनमै बिक्री

एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड–२ को पहिलो दिनमा नै उत्साहप्रद रुपमा आवेदन परेको छ ।इकाई खरिदको लागि कुल इकाइको ५३.४४ प्रतिशत इकाई आवेदन भइसकेको क्यापिटलले जनाएको छ । क्यापिटलले वैशाख १३गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ […]

एनआईबिएल समृद्धि फण्ड–२ को इकाई आजदेखि विक्रीमा

वैशाख १३, काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले आज (सोमवार) देखि एनआईबिएल समृद्धि फण्ड–२ को १२ करोड इकाई विक्री खुला गरेको छ ।  क्यापिटलकै व्यवस्थापनमा एनआईबिएल म्यचुअल फण्ड अन्तर्गत यो योजना सञ्चालन हुन लागेको हो । कुल इकाई मध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र २ करोड ३० लाख इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई छुट्याएर बाँकी ९ करोड ६० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याएको हो । प्रतिइकाई रू. १० अंकित मूल्यको यो इकाई खरीदका लागि न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ । यो इकाई छिटोमा वैशाख १६ गते र ढिलोमा वैशाख २७ गतेसम्म विक्रीमा रहनेछ ।  एनआईबिएल समृद्धि फण्ड–२ बन्दमुखी योजना हो । इकाई बाँडफाँट भएको मितिले १० वर्षमा यो योजना परिपक्व हुनेछ । परिपक्व भएपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिने क्यापिटलले जानकारी दिएको छ ।  यो इकाई खरीदका लागि एनआईबिएल एस क्यापिटलसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

एनआईबिएल समृद्धि फण्ड - २ ले सोमवारदेखि १२ करोड इकाई विक्री गर्ने

वैशाख १२, काठमाडौं । एनएआईबिएल एस क्यापिटल लिमिटेडले सोमवारदेखि एनआईबिएल समृद्धि फण्ड- २ को १२ करोड इकाई विक्री गर्ने भएको छ ।  कुल इकाईमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र २ करोड ३० लाख कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई छुट्याएर बाँकी रहेको ९ करोड ६० लाख इकाई सर्वसाधारणको लागि विक्री गर्न लागिएको हो । आवेदकले १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।उक्त इकाई छिटोमा वैशाख १६ र ढिलोमा वैशाख २७ गतेसम्म विक्रीमा रहनेछ । एनआईबिएल समृद्धि फण्ड २ बन्दमुखी योजना हो । इकाई बाँडफाँट भएको मितिले १० वर्षमा योजना परिपक्व हुनेछ । परिपक्व भएपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसावले प्रचलित कानून बमोजिम वितरण गरिने क्यापिटलले बताएको छ । उक्त इकाई खरीदका लागि एनआईबिएल एस क्यापिटलसँगै आस्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिने छ ।

एनआईबिएल समृद्धि फण्ड–२ को इकाई वैशाख १३ गतेदेखि विक्रीमा

वैशाख ५, काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले वैशाख १३ गतेदेखि एनआईबिएल समृद्धि फण्ड–२ को १२ करोड इकाई विक्री गर्ने भएको छ ।  क्यापिटलकै व्यवस्थापनमा एनआईबिएल म्यचुअल फण्ड अन्तर्गत यो योजना सञ्चालक हुन लागेको हो । यस योजनाको कुल इकाईमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र २ करोड ३० लाख कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई छुट्याएर बाँकी ९ करोड ६० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आउँन लागेको हो । प्रतिइकाई रू. १० अंकित मूल्यको यो इकाई खरीदका लागि न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ । यो इकाई छिटोमा वैशाख १६ गते र ढिलोमा वैशाख २७ गतेसम्म विक्रीमा रहनेछ ।  एनआईबिएल समृद्धि फण्ड–२ बन्दमुखी योजना हो । इकाई बाँडफाँट भएको मितिले १० वर्षमा यो योजना परिपक्क हुनेछ । परिपक्क भएपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिने क्यापिटलले जानकारी दिएको छ ।  उक्त इकाई खरीदका लागि एनआईबिएल एस क्यापिटलसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै मेरोशेयरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।