वैशाख १२, काठमाडौं । एनएआईबिएल एस क्यापिटल लिमिटेडले सोमवारदेखि एनआईबिएल समृद्धि फण्ड- २ को १२ करोड इकाई विक्री गर्ने भएको छ ।
कुल इकाईमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र २ करोड ३० लाख कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई छुट्याएर बाँकी रहेको ९ करोड ६० लाख इकाई सर्वसाधारणको लागि विक्री गर्न लागिएको हो ।
आवेदकले १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।उक्त इकाई छिटोमा वैशाख १६ र ढिलोमा वैशाख २७ गतेसम्म विक्रीमा रहनेछ । एनआईबिएल समृद्धि फण्ड २ बन्दमुखी योजना हो । इकाई बाँडफाँट भएको मितिले १० वर्षमा योजना परिपक्व हुनेछ ।
परिपक्व भएपछि योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसावले प्रचलित कानून बमोजिम वितरण गरिने क्यापिटलले बताएको छ ।
उक्त इकाई खरीदका लागि एनआईबिएल एस क्यापिटलसँगै आस्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिने छ ।