कास्की - पालिका चुनावमा उम्मेदवारी दिनका लागि कास्कीका जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचन आयोगले स्थानीय चुनावमा उम्मेदवारी दिन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेपछि कास्कीमा अहिलेसम्म ५० जनाभन्दा बढी जनप्रतिनिधिले राजीनामा बुझाएका छन् ।
पोखरा महानगरपालिकामा ३ वडाध्यक्षसहित १५ जना, माछापुच्छ्रे गाउँपालिकामा ३ वडाध्यक्षसहित ४ जना, रुपा गाउँपालिकामा ३ वडाध्यक्षसहित १५ जना र मादीमा १६ जनाले राजीनामा दिएका हुन् । अन्नपूर्ण गाउँपालिकामा अहिलेसम्म राजीनामा आएको छैन ।
...