राजीनामा विवादबारे ४ वैशाखमा सुनुवाइ हुने

३० चैत, काठमाडौं । स्थानीय निर्वाचनमा मनोनयनअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने वा नपर्ने विवादमा सर्वोच्च अदालतले ४ वैशाखमा सुनुवाइ गर्ने भएको छ । बुधबार न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको इजलासले उक्त विवादमा रिट निवेदक जनप्रतिनिधि र विपक्षी निर्वाचन आयोगलाई छलफलमा बोलाएको छ । निर्वाचन आयोगले मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन आचारसंहितामा राखेपछि राजनीतिक दलहरुले […]

सम्बन्धित सामग्री

जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानविरुद्धको रिटमाथि सुनुवाइ

काठमाडौं : स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै छ। न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ। सर्वोच्च अदालतले जनप्रतिनिधिले राजीनामा दिएर मात्रै निर्वाचनमा जान पाउने आचारसंहिताविरुद्ध परेको भ्याकेट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले गत चैत ७ गते निर्वाचन आयोगको

सर्वोच्चमा शुक्रबारदेखि नियमित सुनुवाइ सुरु

काठमाडौं, मंसिर १७ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै इजलाश बहिष्कारमा उत्रिएका न्यायाधीशहरुले शुक्रबारदेखि सबैखाले मुद्दाको नियमित सुनुवाइ सुरु गरेका छन् । सर्वोच्चमा पेशी व्यवस्थापनमा गोलाप्रथा लागु भएपछि शुक्रबारदेखि सबै किसिमको मुद्दामा सुनुवाइ सुरु भएको हो । कात्तिक ८ गतेदेखि प्रधानन्याधीश राणाको राजीनामा माग गर्दै इजलाश बहिष्कार गरेका न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणको मुद्धा मात्र सुनुवाइ गर्दै […]

डेढ महिनापछि सुरु भयो सर्वोच्चमा मुद्दाको नियमित सुनुवाइ

१७ मंसिर, काठमाडौं । गोला प्रणालीबाट पेशी तोक्न थालेपछि शुक्रबारदेखि सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ हुन थालेको छ । शुक्रबार न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गरेका छन् भने कानुन व्यवसायीले पनि बहस गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै गत कात्तिक ८ गतेदेखि आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले बहस गर्न छाडेका थिए । त्यस्तै सर्वोच्च अदालतका न्यायाधीशले […]

सर्वोच्चका चार न्यायाधीशले गरे बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतका चार न्यायाधीश बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गरेका छन्। न्यायाधीशहरू बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी र कुमार चुडालले बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ गरेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने माग गर्दै आएका न्यायाधीशहरूले तिहारअघि एक सातासम्म इजलासमा नबसेर छलफल गरेका थिए। तर तिहार बिदाको अघिल्लो दिन उनीहरूले बन्दी प्रत्यक्षीकरण मुद्दामा […]

सर्वोच्चमा आज पनि भएन मुद्दाको सुनुवाइ

१६ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग गरेका सर्वोच्च अदालतका न्यााधीशहरुले मंगलबार बन्दी प्रत्यक्षीकरणको रिटमा पनि सुनुवाइ गरेका छैनन् । सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरेका उनीहरुले मंगलबार भने सुनुवाइ गरेनन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार १० जना न्यायाधीशको ५ वटा संयुक्त इजलास तोकेका छन् । तर न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गरेका छैनन् । प्रधानन्यायाधीश जबराले […]

प्रधानन्यायाधीश जबराको इजलासबाट दुई मुद्दाको सुनुवाइ

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले दुई मुद्दाको सुनुवाइ गरेको छ। प्रधानन्यायाधीश जबराको राजीनामा मागिरहेका अन्य न्यायाधीश आइतबार पनि इजलासमा बसेनन्। जबराको राजीनामा माग गर्दै नेपाल बार पनि आन्दोलनमा छ।   सर्वोच्च...

सर्वोच्चमा आज पनि भएन सुनुवाइ, राणाले राजीनामा दिनुपर्ने अडान

काठमाडौँ-  सर्वोच्च अदालतका १५ न्यायाधीशले प्रधानन्यायाधी चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनै पर्ने अडान राखेका छन् । मंगलबार १५ जना न्यायाधीशहरूसँगको सामूहीक भेटमा प्रधानन्यायाधीश राणाले कसैले राजीनामा माग्दैमा नदिने बताएपछि फेरि आन्तरिक छलफल गरेका न्यायाधीशरूले राणाले राजीनामा दिनै पर्ने अडान कायमै राखेका हुन् । प्रधानन्यायाधीशमाथि प्रश्न उठिसकेकाले उनले राजीनामा नदिइ न्यायपालिका सञ्चालन गर्न सम्भव नरहेको […]