साउन ३ गते राजीनामा दिएसँगै अछामस्थित आफ्नो निर्वाचन क्षेत्रका जनप्रतिनिधिसँग माफीसमेत मागिसकेका एमाले नेता भीम रावलले पुनः सभामुखलाई ‘सरी’ भन्दै शुक्रबार राजीनामा फिर्ता लिए । राजीनामा फिर्ताको निर्णयपछि रावलले सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुध्दिजीवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको बताएका छन् । ‘स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति,राष्ट्रहित र पार्टी एकताको लागि आवेग, उत्तेजनामा नआई प्