स्थानीय तहका बहालवाला जनप्रतिनिधिले आसन्न स्थानीय निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने कि नपर्ने भन्ने विषयमा बहस उत्पन्न भएको छ ।
पदमा बहाल रहेर उम्मेदवार बन्न नपाउने कानूनी व्यवस्था भएपनि जनप्रतिनिधि भने त्यसो गर्दा ५ वर्षे कार्यकाल पूरा गर्न पाउनुपर्ने आफूहरूको संवैधानिक अधिकार हनन् हुने जिकिर गर्छन् ।
अर्कातिर संविधानले स्थानीय सरकारको रिक्तता परिकल्पना नगरेकाले पनि पदमै रहेर उम्मेदवार बन्न पाउनुपर्ने उनीहरूको तर्क छ ।
स्थानीय तह निर्वाचन ऐन,२०७३ को दफा १३ मा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा ...