कर्णाली प्रदेशमा बुधबार थप १०७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । ७६ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा ३५ जना र २४१ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार सबैभन्दा धेरै हिमाली जिल्ला मुगुमा ३७ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै जुम्लामा २५, रुकुमपश्चिममा १५, कालिकोटमा १३, सुर्खेतमा ६, हुम्लामा ५, सल्यानमा ३, दैलेखमा २ र अन्य एकजनामा कोरोना संक्रमण देखिएको स्वास्