कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुन्ः उकालो लागेको छ । बिहीबार प्रदेशमा १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जुन वितेको एक महिनाको तुलनामा एकदमै धेरै हो । २०३ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणका क्रममा ९० जना र १२० जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणका क्रममा ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । केही समयअघि सम्म संक्रमणदर निकै कमी आएपनि पछिल्लो केही सातादेखि पुनः संक्रमणको ग्राफ उकालो लाग्दो